साझा पार्टीका उम्मेदवार गुल्मीमा पनि



अनिल खत्री,गुल्मी ।

दोस्रो चरण असार १४ गते हुने स्थानिय तह निर्वाचनमा गुल्मीमा साझा पार्टीले उम्मेदवार उठाएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नं.२ पिपलधारामा साझपार्टीको समर्थनमा सन्तोष केसीलाई उम्मेदवार बनाएको छ ।

केसीले साझाको समर्थनमा स्वतन्त्रबाट उम्मेदवार दिएको जानकारी दिए । जिल्लामा साझा पार्टी दर्ता नहुँदा स्वतन्त्रबाट उम्मेदवारी दिएको केसीले बताए । पार्टीले उक्त गाउँपालिकाको एउटा वडामा अध्यक्षमा मात्र उम्मेदवार बनाएको हो । केसी उम्मेदवार बनेसगै आफुले वडामा निर्वाचित भएसगै सरकारबाट पाउने सुबिधा नलिने बताएका छन् ।

उनले गाउँमा सबै क्षेत्रको समृद्धिका लागी बिकासका योजनाहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो वडामा दुइवटा माध्यमिक बिद्यालय भएपनि एउटा बिलयललाई कृषि प्राबिधिक बिद्यालय बनाउने योजना अघि सारेका छन् ।

जिल्लाकै सुन्तला खेतीमा पकेट क्षेत्रमा मानिने पिपलधारामा प्राबिधिक सहितको कृषि प्राबिधिक शिक्षालयक निर्माण गर्ने योजना राखेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी सबैको पहुचमा ल्याउने योजना ल्याएको छु उनले भने ‘बिकासका सुन्दर योजनाहरु प्रशस्त छन् त्यसका निम्ती साझा पार्टीले जित्नु पर्छ ।’ जिल्लाको निम्ती नयाँ पार्टी भएकाले उनको समर्थनमा युवापिडिहरु उत्साहपूर्वक चुनावी प्रचारमा लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्