नासा उमावि फरक आयामको शिक्षा



 

काठमाडौंको गैह्रीगाउँ तीनकुने अवस्थित नासा इन्टरनेसनल एजुकेसन नेटवर्कद्वारा सञ्चातिल नासा इन्टरनेसनल कलेज विगत १० वर्षदेखि शिक्षाको क्षेत्रमा फरक –फरक आयाम थप्न सफल भएको छ। २१ औँ शताब्दीको प्रतिस्पर्धात्मक र वैज्ञानिक शिक्षालाई आत्मसात गरेको यस कलेज विज्ञ तथा शैक्षिक क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुले सञ्चालन गरेको छ। हरेक वर्ष उत्कृष्ट नतिजा आउटस्ट्याडिङ दिन सफल यस कलेजले पढाइबाहेक पनि विद्यार्थीहरुलाई आफ्नो सीप क्षमता एवम् दक्षताअनुसार खेलकुद क्षेत्रमासमेत विशेष ध्यान दिँदै आइरहेको छ। अनुशासन साथै ज्ञानको उचाइलाई सिकाइको उद्देश्य राखेको यस कलेजमा पाठ्यक्रम र विषयअनुसारका फरकफरक प्रयोगाशालाहरु रहेका छन्। यातायातको राम्रो सुविधाका साथै आधुनिक स्तरको पुस्तकालय एवम् टाढा र व्यास्त रहनुभएका अभिभावकहरुलाई मध्य नजर गर्दै विद्यार्थीहरुलाई छात्राबासको समेत व्यवस्था गरिएको यस कलेजमा विभिन्न तह एवम् वर्गका विद्यार्थीहरुलाई पूर्ण एवम् आंशिक रुपमा छात्रवृत्तिको व्यवस्था गरिएको छ। भर्ना एवम् मासिक शुल्क सामान्य वर्गका अभिभावकले समेत बेहोर्न सक्ने खालको छ। राजधानी काठमाडौंको मुटुमै रहेर पनि उचित शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नसक्नु नासाको अर्काे विशेषता हो भन्दा फरक नपर्ला।

हाल यस नेटवर्क अन्तर्गत श्री प्रकाश थापा अध्यक्ष र श्री सुधीरकुमार झा प्राचार्य रहनुभएको छ। यस नासा इन्टरनेसनल एजुकेसन नेटवर्कद्वारा सञ्चालन गरिएका हाल सम्मका कक्षाहरुमध्ये मन्टेश्वरीदेखि कक्षा १० सम्म नासा नेसनल सेकन्डरी स्कुलअन्तर्गत ३ सय, नासा इन्टरनेशनल कलेज कक्षा ११ र १२ गरी जम्मा १ हजार ८ सय, बीबीएस, र बीएस डब्ल्यु(टियु) अन्तर्गत २ सय र बीबीए पोखरा विश्वविद्यालय पीयु अन्तर्गत १ सय ५० गरी करिब २५ सय विद्यार्थी यस नेटवर्कसँग सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत छन्।
यस कलेजले निकट भविष्यमै होटल म्यानेजमेन्ट( बीएचएम) ,एमबीए एमबीए–बीआई, लगायत अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिरहेको छ। ‘आकासनै मेरो सीमा हो’ भन्ने लक्ष्यका साथ अघि बढिरहेको यो कलेज राजधानीका अन्य कलेजहरुमध्ये अब्बल र फरक धार बन्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्