प्राडा. गणेशबहादुर सिंह
आशिक सिंह

नेपालको शैक्षिक प्रणालीमा विद्यालयदेखि लिएर विश्वविद्यालयसम्म परीक्षाको प्राप्ताअंक बारे सूचना दिँदा अंक प्रणालीको प्रयोग गरिएको देखिन्छ। उही विषय क्षेत्रमा मापन गर्दा वा एउटै परीक्षालाई पटकपटक उही परीक्षार्थीमाथि प्रयोग गर्दा विद्यार्थीहरुको प्राप्तांकमा एकरुपता हुनुलाई आर्दश अवस्था मानिन्छ। यसरी पटक–पटक परीक्षण पश्चात पनि प्राप्तांक समान रहन्छ भने यसलाई परीक्षार्थीको ‘वास्तविक अंक’ भनिन्छ। तर अभ्यासमा यस्तो हुने संभावना निक्कै कम हुन्छ। विद्यार्थीहरुलाई एकपछि अर्को उही विषय क्षेत्रमा परीक्षा लिँदा पनि केही भिन्नताहरुको अपेक्षा गर्न सकिन्छ। यस्तो हुनुको कारण ‘मापनको त्रुटि’ हो।

अंक
परीक्षाको मापनमा त्रुटि हुने कारणहरु धेरै छन्। जस्तैः झुकाउने प्रश्नमा हुने गल्ती, उच्च तहको भाषिक प्रश्न, प्रश्नको अस्पष्टता, अस्पष्ट निर्देशन, उत्तर अनुमान गर्न सहयोग गर्ने तत्वहरु ‘परीक्षार्थीहरुमा बिरामीपन, थकावट, चोरी, अनुमान गर्ने’ परीक्षाको सञ्चालनमा समयको विचार नगरिनु, मौखिक निर्देशनमा, परीक्षा सञ्चालकहरुको प्रवृत्ति, र परीक्षा अंक प्रदान गर्दा र जोड्दा हुने त्रुटि, निबन्धनात्मक⁄खुला प्रश्नमा अंकन गर्दा हुने त्रुटि भिन्नता आदि। यस्तो किसिमको त्रुटिहरुलाई आवश्यक सचेतना अपनाएर र परीक्षालाई स्तरीकृत बनाएर न्यूनिकरण गर्न सकिन्छ। तर यसलाई पूर्णतया हटाउन सकिँदैन। मापनमा रहेको त्रुटिकै कारण परीक्षार्थीहरुको वास्तविक उपलब्धिको स्तरलाई परीक्षाले प्रतिबिम्ब गर्न सक्दैन। यसले विद्यार्थीहरुको वास्तविक उपलब्धिको स्तरलाई केही मात्रामा विचलन गराएको हुन्छ। परीक्षार्थीहरुको वास्तविक उपलब्धिको स्तरमा विचलनको मात्रालाई मापनमा भएको त्रुटि सीमाले निर्धारण गर्दछ। यसको आधारमा परीक्षार्थीको कोरा अंक प्राप्त भएको अवस्थामा उसको संभावित अंकलाई गणना गरी समूहस्तरमा व्यक्त गर्न सकिन्छ। जस्तै ९० देखि १०० एक समूहस्तर र ८० देखि ९० तल अर्को समूहस्तर।

परीक्षामा १०१ अंकको प्रयोग अर्को त्रुटि हो। विद्यार्थीहरुको उत्तरपुस्तिका जाचँ गरिसके पश्चात परीक्षकले प्रदान गर्ने अंकलाई कोरा अंक भनिन्छ। यो अंक उद्योग, कलकारखाना ल्याइने कच्चा पर्दाथ जस्तो हुन्छ, जसलाई विभिन्न प्रकृयाले प्रशोधन गरेर प्रशोधित वस्तुको रूप दिइन्छ। यदि पूर्णांक १०० लाई मान्ने हो भने कोरा अंकको विस्तारको संभावना ० देखि १०० सम्म हुन्छ, जुन १०१ प्वाइन्ट स्केल हो। अब याहाँ प्रश्न आउँछ ।के विद्यार्थीले शून्य पाउनु भनेको उसलाई केही पनि आउदैन ? के विद्यार्थीले १०० ल्याउँदा ऊ सबैमा पूर्ण छ ? दुबै अवस्थाको उत्तर होइन भन्ने नै आउँछ। यसको अर्थ यो हुन आउँछ की जुन परीक्षा विद्यार्थीहरुलाई दिन लगाइयो त्यसमा कुनै पनि प्रश्नको उत्तर विद्यार्थीहरुले दिन सकेनन् वा विद्यार्थीहरु यस कारणले भाग्यमानी भए की उनीहरुले सबै प्रश्नको उत्तर सहीे दिन सक्षम भए। यो अवस्थामा निश्चय रुपमा प्रभाव पर्छ यदि यही विषयवस्तुलाई मापन गर्न फरक प्रश्नपत्र प्रयोग गरिन्छ वा कुनै अर्को परीक्षकले यस उतरपुस्तिका परीक्षण गर्दछ भने। सबै प्रकारको मनोवैज्ञानिक मापन जस्तै उपलब्धी परीक्षा, बौद्धिक परीक्षा तथा व्यक्तित्व परीक्षा आदिमा केही मात्रामा त्रुटि रहेकै हुन्छ।

१०१ अंक स्केलको अर्को समस्या अंकहरुबीच रहेको भिन्नतालाई तार्किक रुपमा व्याख्या गर्न नसक्नु हो। उदाहरणका लागि यदि एउटा विद्यार्थीले ५० अंक ल्याउँदछ र अर्को ५१ ल्याउँदछ भने, ५१ अंक ल्याउने विद्यार्थी ५० अंक ल्याउने भन्दा कुन कारण राम्रो भयो छुट्याउन गाह्रो हुन्छ। त्यसैले १०१ अंक स्केलको कमजोरी बारे सचेत हुन आवश्यक छ जसको प्रयोग नेपालको शिक्षा प्रणली लामो समयदेखि विद्यमान छ।

न्यूनतम अंक एसएलसी परीक्षामा ३२∞ उत्तीर्णांक र प्रयोगात्मक परीक्षामा ४०∞ उत्तीर्णाकं व्यवस्था थियो। यहाँ प्रश्न उठ्छ कि ३१ अंक ल्याउने विद्यार्थी त्योभन्दा एक अंक बढी ल्याउने विद्यार्थीभन्दा योग्य र अर्को अयोग्य कसरी हुन् सक्छ ? यो कुराबाट तर्क दिन सकिँदैन कि ३२∞ ले राम्रो भविष्यको इगिंत गर्दछ र त्योभन्दा कम ल्याउने भविष्यमा केही पनि गर्न सक्दैन। न्यूनतम अंक तोक्दा धेरै कमजोरीहरु रहेको छ र धाराणात्मक रुपमा यो गलत अभ्यास हो। यो अभ्यास बेलायत, भारतमा अक्सफोर्ड र क्याम्ब्रीज पद्धतिबाट लागू भएको हो। त्याँहा पनि यसको सही तर्क प्रस्तुत गर्न असफल भएको थियो। यो गलत अभ्यास बेलायतमा धेरै वर्षअगाडि नै सुधारिएको थियो भने भारतमा पनि यसमा सुधार ल्याइयो। नेपालको शिक्षा प्रणालीमा भने यसले निरन्तरता पाइरहेको देखिन्छ जुन सुधारउन्मुख छ।

नेपाल शिक्षा प्रणालीमा, धेरै जसौ परीक्षाहरुमा भिननताहरु देख्न पाइन्छ जस्तै परीक्षाको उत्तीर्ण दर, विषयको औसत अंक, उच्चतम अंक प्राप्त गर्ने, प्रत्येक वर्ष तथा प्रत्येक विषयहरुमा भिन्नता देख्न पाइन्छ। उदाहरणका लागि वि.स.२०५९ सालमा एसएलसी को उत्तीर्ण प्रतिशत ३२.०५∞ थियो जुन वि.सं २०६० सालमा .४६.१८∞ पुग्यो। यो उत्तीर्ण प्रतिशत वि.स.२०६५ सालमा ६८.४७∞ मा फड्को मारेको थियो भने वि.स.२०७२ सालमा आएर ४७.४३∞ मा झरेको थियो। यदि एसईई परीक्षमा अंकमा विश्वसनीयता छ भनेर भन्ने हो भने एसईई परीक्षार्थीहरुको योग्यता प्रत्येक वर्ष परिवर्तन हुन्छ भन्ने कुरा हामीले स्विकार्नु पर्दछ। यसरी एउटा वर्ष एक्कासि एउटा योग्य समूह आउँछ र अर्को वर्ष त्यसै गरी अर्को अनुत्तीर्ण र असफल समूह आउँछ। परीक्षमा वर्षैपिच्छे यस्तो भिन्नता देखिनुको कारण परीक्षा र परीक्षा प्रणाली हो। एउटा वर्ष परीक्षा सजिलो हुन्छ जसले गर्दा उत्तीर्ण दर उच्च हुन्छ अर्को चोटि परीक्षालाई कठिन बनाइन्छ जसले गर्दा अनुत्तिर्ण प्रतिशत बढि हुन्छ। यो मानविय त्रुटि हो न कि प्राकृतिक घटना। यस्तै त्रुटिहरुले परीक्षाको नतिजा एवम विषयहरुलाई तुलना गर्न सकिँदैन।

विषयहरुबीच तुलना गर्नु पनि समस्यानै छ। मानौं गणितमा आएको अंक १०० छ र अंग्रेजीमा ८५ छ भने, कोरा अंकअनुसार यो मान्न सकिन्छ कि दुईवटा विषयको बीचमा १५ अंकको अन्तर छ र विद्यार्थीको प्रर्दशन तुलना गर्दा अंग्रेजीभन्दा गणित राम्रो छ। तर वास्तवमा विद्यार्थीको प्रर्दशन दुबै विषयमा उच्च हुनसक्छ यदि दुबैमा यीे अंक उच्च अंक हुन भने। कोरा अंकबाट विषयगत तुलना गर्न मिल्दैन। समस्या त्यतिबेला झन् बल्झिन्छ जब विभिन्न विषयहरुको प्राप्तांक जोडिन्छ र मिश्रित अंकको प्रयोग गरिन्छ। एउटा विषयमा प्राप्त अंकले मिश्रित अंकलाई अरु विषयको अंकहरुले बढी प्रभाव पार्ने संभाव्यता रहेको हुन्छ। उदाहरणका लागि अंग्रेजी भाषाको अंक ३० देखि ६० को अन्तरमा छ र गणितको अंक ५ देखि ९५ अंतरमा छ भने, परीक्षा दिने व्यक्तिको नतिजामा गणितको अंग्रेजीभन्दा तीन गुणा बढी प्रभाव देखिन्छ। यसले गर्दा विद्यार्थीहरुको गणितमा गरिएको प्रदर्शनको मूल्यांकन हुन्छ न कि अंग्रेजीको।

माथिका विचारहरुले १०१ प्वाइट स्केलको अनुपयोगीता बारे कुराहरु उठाइएको छ। मापनमा त्रुटि, न्यूनतम अंकका कमजोरी र वर्ष र विषयबिच तुलना गर्दा आउने समस्याहरु। परीक्षा नियन्त्रण कार्यालयले गरेको अक्षरांक पद्धतिको शुरुआतले यस्ता धेरै मुद्दाहरु सम्बोधन भएको छन्। अझै धेरै कार्यहरु गर्न बाँकी छन्। ग्रेडिङ कोरा अंकलाई अन्य विभिन्न रुपहरु जस्तै विशिष्ट श्रेणी, प्रथम श्रेणी आदि वा अक्षरमा ए, बी, सी मा परिणत गर्ने प्रक्रिया मात्र होइन। यो त्यस्तो प्रक्रिया हो जसबाट कोरा अंकको अर्थपूर्ण र तर्कपूर्ण व्याख्या गर्न सकिन्छ।

परीक्षा नियन्त्रण कार्यालयले वि.स. २०७१ सालमा ९० वटा व्यवसायिक धारको विद्यालयमा अक्षरांक पद्धति लागू गरेको थियो र यही पद्धतिलाई एसएलसीमा समेत लागू गर्ने सोच राखेको थियो। एसएलसीको प्रमाणपत्र जसमा अक्षारांक पद्धति प्रयोग भएको छ निम्न विशेषताहरु छन्ः कोरा अंकसहितको वर्गान्तरसहितको ग्रेड, स्तरीकृत अंक, औसत स्तरीकृत अंक र ग्रेडको व्याख्या। यो कदम सराहनीय छ तर अझै सुधारका लागि त्यस्ता महत्वपूर्ण कार्यहरु कार्यान्वयन गर्न आवश्यक छ जसले यसलाई प्राविधिक रुपले राम्रो बनाउन र स्तरीकृत सञ्चारको सुनिश्चित गर्न सहयोग पुगोस्। ग्रेडको अंकको वर्गान्तर जस्तै ९० देखि १०० ए प्लस, ८० देखि ९० भन्दा कम ए, आदि। यसले १०१ प्वाइंट स्केललाई विस्थापन गराउने र मापनको त्रुटिलाई समेत ध्यान दिएको इंगित गर्दछ। यदि मापनको त्रुटिलाई सरदर पाँच मान्ने हो भने ८५ अंक प्राप्त गरेको विद्यार्थीको प्राप्तांक ८० (८५—५) र ९० (८५+५) बीच हुन सक्छ। यदि उही परीक्षा फेरि सञ्चालन गर्ने हो भने विद्यार्थी जसले पहिलो परीक्षामा ८५ अंक ल्याएको छ, त्यसले ८० देखि ९० अंक बीचमा अंक प्राप्त र्ने संभावना हुन्छ। त्यसैले ८५ अंक दिनुभन्दा गे्रड ए ले दर्शाउनु उपयुक्त हुन्छ। तर पनि यसमा पनि विभिन्न प्रकारका अनियन्त्रित कुराहरु छ जस्तै ५ अंकको मापनको त्रुटि मान्ने कुनै आधार छैन। ग्रेड संगै ग्रेडको व्याख्या पनि हुन्छ जस्तै ए प्लस भनेको उत्कृष्ट, ए भनेको उत्तम आदि गे्रडको व्याख्या त्यस्तो आधारहरु हो जसले ग्रेडलाई व्याख्या गरी अर्थ प्रदान गर्दछ। ग्रेड व्याख्यामा आशा गरिएका स्तरहरु विद्यार्थीहरुको प्रर्दशनसंग मिल्नुपर्दछ।
जब स्थिर वर्गान्तर अंकको प्रयोग हुन्छ हामी गणितको ग्रेड ए र अंग्रेजीको ग्रेड ए समान हुन्छ भनेर सुनिश्चित गर्न सक्दैनौ। किनकि स्थिर समूह स्तरमा (८० देखि ९० भन्दा कम) आधारित भएर ग्रेड ए मा रुपान्तर भएर रहेको हुन्छ। गणितमा आएको उच्चतम अंक (९० देखि १००) ए प्लस हुन सक्दछ र अंग्रेजी भाषामा (८० देखि ९० भन्दा कम) आएको उच्चतम अंक ए मात्र हुन्छ। प्रदर्शनको अनुसार अंग्रेजी भाषामा आएको उच्चतम अंक (८० देखि ९० भन्दा कम) गणितमा आएको उच्चतम् अंक (९० देखि १००) समान हुन्छ। यस कारणले गणित र अंग्रेजी भाषामा दुबै उच्चतम् अंक तुलनायोग्य हुन ए प्लस हुनुपर्दछ। यही मुद्दा एउटा र अर्को वर्षको तुलना गर्दा पनि हुन्छ। जब परीक्षा सजिलो हुन्छ त्यो वर्ष उच्च गे्रड आउँछ भने अर्को वर्ष परीक्षा गाह्रो हुँदा गे्रड पनि न्यून हुन्छ। यस कारणले गर्दा परीक्षागत रुपमा ग्रेडिङ सीमा तोक्ने पनि गरिन्छ।

जब स्थिर वर्गान्तर अंकको प्रयोग हुन्छ हामी गणितको ग्रेड ए र अंग्रेजीको ग्रेड ए समान हुन्छ भनेर सुनिश्चित गर्न सक्दैनौ। किनकि स्थिर समूह स्तरमा (८० देखि ९० भन्दा कम) आधारित भएर ग्रेड ए मा रुपान्तर भएर रहेको हुन्छ। गणितमा आएको उच्चतम अंक (९० देखि १००) ए प्लस हुन सक्दछ र अंग्रेजी भाषामा (८० देखि ९० भन्दा कम) आएको उच्चतम अंक ए मात्र हुन्छ। प्रदर्शनको अनुसार अंग्रेजी भाषामा आएको उच्चतम अंक (८० देखि ९० भन्दा कम) गणितमा आएको उच्चतम अंक (९० देखि १००) समान हुन्छ। यसकारणले गणित र अंग्रेजी भाषामा दुबै उच्चतम अंक तुलनायोग्य हुन ए प्लस हुनुपर्दछ। यहि मुद्दा एउटा र अर्को वर्षको तुलना गर्दा पनि हुन्छ।

ग्रेडिङको व्याख्याले शब्द तथा अंकलाई अर्थ प्रदान गर्दछ र स्तरीकृत सञ्चारका लागि सहयोग गर्दछ। उपलब्धिको तहले दिइएको विषय क्षेत्रमा विद्यार्थीहरुको उपलब्धिको मात्रालाई संप्रेशण गर्दछ। यसले विद्यार्थीहरु प्रत्येक उपलब्धिको तहमा के सिकेको छ र के गर्न जान्दछ भन्ने कुरा पनि र्दशाउँदछ। प्रत्येक गे्रड तह, स्तरीकृत ग्रेड अंकमा रुपान्तर भएको हुन्छ। स्तरीकृत ग्रेडअंक, औसत स्तरीकृत ग्रेडअंक र संञ्चित स्तरीकृत ग्रेडअंकमा विभाजन गर्न सकिन्छ। यो अवस्थाहरुले कोरा अंकलाई उच्चतम रुपले विश्लेषण गरी सही रुपले अथ्र्याउँछ। औसत स्तरीकृत ग्रेडअंक र संञ्चित ग्रेडअंकमा भएको भिन्नताले कोरा अंकको आधारमा आउने भिन्नतालाई विशिष्टता दिनुभन्दा विषयको आधारमा विद्याथीहरुको प्रर्दशनको घटबढको मात्रालाई पहिचान गर्दछ। यसैले अन्तिममा अक्षरमा गे्रडिङ नगरिकन संञ्चित स्तरीकृत ग्रेडअंकमा व्याख्या गर्नु उपयुक्त हुन्छ।

 

 

 

LEAVE A REPLY