नेसनल इन्टिग्रेटेड कलेज⁄निक मावि



 

काठमाडौंको केन्द्र डिल्लीबजारमा अवस्थित निक माविले आफ्नो सुन्दर १५ वर्षको इतिहासमा एउटा शैक्षिक उचाइ कायम गर्न सफल भएको छ। देशका प्रबुद्ध शिक्षाविद्हरुको समूह नै संस्थापक, व्यवस्थापक एवं प्राध्यापक रहनुभएको यस संस्थामा सर्वसुलभ शुल्कमा परम्परागत एवं आधुनिक प्रविधियुक्त शिक्षण विधिद्वारा अध्ययन अध्यापन गराइन्छ। संस्थाले कक्षा ११ मा व्यवस्थापन, विज्ञान र मानविकी संकायका विविध विषयहरु र स्नातक तहमा व्यवस्थापन र मानविकी (समाजसेवा बीएसडब्ल्यू, पत्रकारिता र समाजशास्त्र) संकायको अध्यापन गराइन्छ। उपयुक्त कक्षा कोठाहरु, पुस्तकालय, विज्ञान, कम्प्युटर, पत्रकारिता र होटल व्यवस्थापनका लागि आधुनिक प्रविधियुक्त प्रयोगशलाहरु उपलब्ध छन्। विद्यार्थीहरुको क्षमता, मनोभावना तथा आवश्यकताअनुसार पारिवारिक वातावरण र विद्यार्थीमैत्री परिवेशमा अध्यापन गराउँदै आएको हुनाले विद्यार्थीले आफ्नो प्रतिभाको प्रस्फुटन गर्ने कुरामा विश्वस्त छौं।

प्रतिक्रिया दिनुहोस्