कानुन विषयमा आकर्षण बढ्दै



 

विगत २९ वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय प्रदान गर्दै आइरहेको ‘कलेज अफ सेन्ट्रल स्टेट’ (इन्टेन्सिभ इन्टरनेसनल एकेडेमी) कालीमाटीको शैक्षिक इतिहासमा फरक उचाइ कायम रहेको छ । यस कलेजमा प्लस टु कार्यक्रमअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी समूहमा कानुन विषयलाई पनि विद्यार्थीहरुको रोजाइको विषय बनाएको छ। साथै त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा बीबीएस, बीए, बीएस डब्ल्युको कक्षा सञ्चालन गरेको छ।

बीसीए प्रोसेसमा छ। अत्याधुनिक भौतिक सुविधा सु–सम्पन्न यस कलेजमा लाइब्रेरी र विज्ञान, कम्प्युटर, तथा होटल म्यानेजमेन्टजस्ता प्रयोगात्मक विषयका लागि स्तरीय ल्याबहरुको व्यवस्था छ। यातायातको सुविधा, आधुनिक क्याफ्टेरियाको राम्रो व्यवस्था छ। कलेजका सम्पूर्ण कक्षाहरुमा सीसीटीभी जडान गरी विद्यार्थीहरुका दैनिक क्रियाकलापहरुको अवलोकन गरी सम्बन्धित विद्यार्थीलाई फिडब्याक पनि दिइन्छ। माध्यमिक शिक्षा उत्तीर्णपछि कानुन विषयलाई लिएर पढ्ने विद्यार्थीलाई ‘अध्ययनसँगै अवसर’ पनि भन्ने उद्देश्यका साथ सञ्चालित यो विषय विद्यार्थीको रोजाइमा परेको हो।

यसका अतिरिक्त कलेजले कक्षा ११ मा विज्ञान, व्यवस्थापन – होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र मानविकी समूह – पत्रकारिता, समाजशास्त्र, जनसंख्या शिक्षा र वातावरण अध्ययन विषयमा भर्ना लिइरहेको छ। कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक सेमिनार, काउन्सिलिङ, प्रयोगात्मक कक्षाहरु र अनुसन्धानमूलक अभ्यास तथा भ्रमण गराउने गरेको छ। जेहेनदार, खेलकुद, विपन्नवर्ग लगायत विभिन्न किसिमका छात्रवृत्ति उपलब्ध गराएको यस कलेजले गुणस्तरीय शिक्षासँगै अभिभावकको आर्थिक भारलाई पनि ध्यानमा राखी भर्ना लिइएको कलेजका प्राचार्य रमेश घिमिरेले बताउहुन्छ।

प्रतिक्रिया दिनुहोस्