खोजी उमाविको



ईश्वरराज ढकाल

गएको शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ। परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई। उत्तीर्ण विद्यार्थीहरूमा अर्को कौतूहलता थपिएको छ, कहाँ पढ्ने विषय लिएर के पढ्ने ? विद्यार्थीसँगै उनीहरूका आमाबाबु पनि भौंतारिन थालेका छन्। आफ्ना छोराछोरीलाई कहाँ पढाउने के विषय पढाउने। विद्यार्थीहरू राम्रा कलेज छान्न व्यस्त छन्। आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) को ग्रेडको मार्कसिट लिएर उमाविमा धाउन थालेका छन्। कोही ठूला भवन हेर्छन् त, कोही राम्रो नतिजा भएको उमावि। कोही आफ्ना साथीको रोजाइको कलेजमा पढ्ने चाहना राख्छन्। आखिर एसईई उत्तीर्ण विद्यार्थीले उच्च शिक्षाको गन्तव्य खोजी गर्नु स्वाभाविक हो। अहिले नेपालमा ३ हजार ७ सय ६५ उमावि सञ्चालित छन्।

तीमध्ये २ हजार ७ सय ३९ सामुदायिक, ७ सय ४८ निजी, १ सय २३ क्याम्पस र १ सय ५५ वटा जिरो प्लस टु कलेज सञ्चालित छन्। ती कलेजले विद्यार्थी भर्ना गर्न विज्ञापन शुरू गरिसकेका छन्। कुन विषय लिएर कुन कलेज पढ्ने भन्ने विषयमा छोराछोरीसहित अभिभावकहरू कलेज छान्न दौडिरहेका छन्।उमावि छनोट गर्दा होस पुर्याउनु पनि त्यत्तिकै आवश्यकता छ। आकर्षक विज्ञापन र तडकभडक गरेका कलेजमा पढ्ने चाहना कतिपय विद्यार्थीले राख्नु स्वाभाविक हो। अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्– हचुवाको भरमा साथीसंगीको लहलहैमा लाग्नुभन्दा पनि विगतमा राम्रो नतिजा भएका उमाविको छनोट गर्नु उचित हुन्छ। साथीले रोजेको कलेजभन्दा पनि आफैंले कलेजको बारेमा सुझबुझ गरी खोजेको कलेज छनोट गर्नु उचित हुन्छ।

अभिभावकले यो समयमा सही निर्णय गर्न नसक्दा विद्यार्थीले आफ्नो रोजाइको कलेज र विषय पढ्न पाएका हुँदैनन्। यस्तो बेलामा अभिभावकले गम्भीर हुनु स्वाभाविक छ। आफ्ना छोराछोरीलाई कहाँ र कुन विषय पढाउने भन्ने विषयमा कतिपय अभिभावक स्वयम् अनभिज्ञ छन्। विज्ञापनको आधारमा कलेज छनोट गर्नुभन्दा पनि विश्वासको आधारमा पढ्नु राम्रो हुने बताउँछन् शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला। उहाँ भन्नुहुन्छ– विद्यार्थीले कुन विषय पढ्ने भन्ने विषयमा आफैंले छनोट गर्नु उत्तम हुन्छ। उहाँ भन्नुहुन्छ– कलेज छान्दा आफूले पढ्न चाहेको विषयमा राम्ररी ध्यान पुर्याउनुपर्छ। विद्यार्थीको ल्याकत र अभिभावकको तागत अनुसार उमावि छान्न सुझाउनुहुन्छ।

उहाँ सीपलाई कसरी बेच्न सकिन्छ भन्ने विषय छनोट गरेर मात्रै विद्यालय छनोट गर्नु उत्तम हुन्छ। सरकारी कलेज र सामुदायिक उच्च माविमा भन्दा निजीमा विद्यार्थीको संख्या बढ्दो छ। हिसानका अध्यक्ष रमेश सिलवाल भन्नुहुन्छ– निजी उमाविले गुणस्तरीय शिक्षा दिएकै कारणले नै होला निजीतिर विद्यार्थीको आकर्षण बढ्न थालेको हो। उहाँको भनाइमा जहाँ परीक्षाफल राम्रो हुन्छ त्यही उमाविमा विद्यार्थीको घुइँचो बढ्छ। अभिभावकले भन्दा पनि विद्यार्थी आफैंले विद्यालय छनोट गर्नु उचित हुने उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ– कहाँ र कुन विषय पढ्ने भने विषयमा विद्यार्थी आफैं सचेत हुनुपर्छ। विज्ञापन र भौतिक पूर्वाधारमा तडकभडक गर्दैमा कलेज राम्रो हुन्छ भन्नु सरासर गलत हो। कलेजको भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, यातायात सुविधा, कक्षाकोठा, विगतको नतिजा, नियमित परीक्षा हुन्छ कि हुँदैन, अतिरिक्त क्रियाकलापलगायतका आधारमा कलेज छनोट गर्नुपर्ने उहाँ सुझाव दिनुहुन्छ।

दबाबमा भन्दा पनि आत्मविश्वासको भरमा विद्यालय छनोट गर्नु उचित हुन्छ। शिक्षाविद् प्राडा कोइराला भन्नुहुन्छ– उमावि छनोट गर्दा गम्भीर हुनुपर्छ। उच्च शिक्षाको प्रस्थान बिन्दु भएकाले यसलाई ख्यालख्यालमा लिनु हुँदैन। यो वर्ष करिब ३ लाख विद्यार्थीले उमाविमा प्रवेश गर्न पाउने भएका छन्।

कुन विषयमा कति जीपीए

विज्ञान समूहमा अध्ययन गर्न
२.० जीपीए र गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयमा डी प्लस

व्यवस्थापन विषयमा अध्ययन गर्न
 १.६ जीपीए र नेपाली, अंग्रेजी गणित र सामाजिक अध्ययनमा डी प्लस

मानविकी तथा शिक्षा विषयमा अध्ययन गर्न
  १.६ जीपीए र नेपाली अंग्रेजी सामाजिकमा डी प्लस

प्राविधिकको स्वाथ्य विषय अध्ययन गर्न
२.० जीपीए र अंग्रेजी गणित र विज्ञान विषयमा सी प्लस

इन्जिनियरिङ विषय अध्ययन गर्न
 विज्ञानमा सी, अंग्रेजीमा डी प्लस

कृषि विषय अध्ययन गर्न
अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस

प्रा. डा. विद्यानाथ कोइराला
शिक्षाविद्

उमावि छनोट गर्दा गम्भीर हुनुपर्छ। उच्च शिक्षको प्रस्थान बिन्दु भएकाले यसलाई ख्यालख्यालमा लिनु हुँदैन। यो वर्ष करिब ३ लाख विद्यार्थीले उमाविमा प्रवेश गर्न पाउने भएका छन्।

तेजुलाल (टीएल) चौधरी
सांसद एवम् संस्थापक प्रिन्सिपल, नाइटिङ्गेल स्कुल

आफैं पढेको विद्यालयमा ११ र १२ कक्षा अध्ययन गर्नु उचित हुने बताउनुहन्छ। उहाँ भन्नुहुन्छ– विद्यालयको अवस्था र शिक्षकको स्वभावबारे सजिलै जानकारी लिन पनि कक्षा १० सम्म पढेको विद्यालयका ११ र १२ कक्षा पढ्नु उचित हुन्छ।

रमेश सिलवाल
अध्यक्ष, हिसान

निजी उमाविले गुणस्तरीय शिक्षा दिएकै कारणले नै होला निजीतिर विद्यार्थीको आकर्षण बढ्न थालेको हो। उहाँको भनाइमा जहाँ परीक्षाफल राम्रो हुन्छ त्यही उमाविमा विद्यार्थीको घुइँचो बढ्छ।

केशव पुरी
अध्यक्ष, अभिभावक संघ नेपाल

विद्यालयको अवस्था, त्यसको उत्तीर्ण प्रतिशतलाई ख्याल नै नगरी हचुवाको भरमा विद्यालय छनोट गर्दा समस्या पर्ने बताउँदै उहाँ भन्नुहुन्छ– शुल्कको मापदण्ड, पाठ्यक्रम र उमाविले सिकाउने नैतिक शिक्षामा पनि ख्याल गर्नुपर्छ।

सुप्रभात भण्डारी
पूर्वअध्यक्ष, अभिभावक संघ नेपाल

हचुवाको भरमा साथीसंगीको लहलहैमा लाग्नु भन्दा पनि विगतमा राम्रो नतिजा भएका उमाविको छनोट गर्नु उचित हुन्छ। साथीले रोजेको कलेजभन्दा पनि आफैंले कलेजको बारेमा सुझबुझ गरी खोजेको कलेज छनोट गर्नु उचित हुन्छ।

अहिले नेपालमा ३ हजार ७ सय ६५ उमावि सञ्चालित छन्। तीमध्ये २ हजार ७ सय ३९ सामुदायिक, ७ सय ४८ निजी, १ सय २३ क्याम्पस र १ सय ५५ वटा जिरो प्लस टु कलेज सञ्चालित छन्। ती कलेजले विद्यार्थी भर्ना गर्न विज्ञापन शुरू गरिसकेका छन्। कुन विषय लिएर कुन कलेज पढ्ने भन्ने विषयमा छोराछोरीसहित अभिभावकहरू कलेज छान्न दौडिरहेका छन्।

उपत्यकामा मात्रै करिब ४ सयको हाराहारीमा उमावि सञ्चालित छन् ती विद्यालयमा फाराम लिने विद्यार्थीको घुइँचो बढन थालेको छ। उमावि सञ्चालक आफ्ना उमाविमा विद्यार्थी तान्न दिनभर कलेजमै बस्ने गरेका छन्। पछिल्लो समयमा विद्यार्थीले उचित सल्लाह र सुझाव नपाउँदा आपूmले सोचेअनुसार विषय छनोट गर्न पाएका हुँदैनन्। अभिभावकको दबाबको भरमा विषय छनोट गर्दा कैयौं विद्यार्थीको भविष्य बिग्रिएको छ। दबाबमा भन्दा पनि आत्मविश्वासको भरमा विद्यालय छनोट गर्नु उचित हुन्छ। शिक्षाविद् प्राडा कोइराला भन्नुहुन्छ– उमावि छनोट गर्दा गम्भीर हुनुपर्छ। उच्च शिक्षको प्रस्थान बिन्दु भएकाले यसलाई ख्यालख्यालमा लिनु हुँदैन। यो वर्ष करिब ३ लाख विद्यार्थीले उमाविमा प्रवेश गर्न पाउने भएका छन्।

जथाभावी खुलेका उमाविहरूमा कुन राम्रो र नराम्रो भनेर चिन्न नसक्दा लाखौं विद्यार्थी अन्योलमा पर्न गएको बताउनुहुन्छ अभिभावक संघ नेपालका अध्यक्ष संघका केशव पुरी। विद्यालयको अवस्था, त्यसको उत्तीर्ण प्रतिशतलाई ख्याल नै नगरी हचुवाको भरमा विद्यालय छनोट गर्दा समस्या पर्ने बताउँदै उहाँ भन्नुहुन्छ– शुल्कको मापदण्ड, पाठ्यक्रम र उमाविले सिकाउने नैतिक शिक्षामा पनि ख्याल गर्नुपर्छ। विषय छनोट गर्नुपूर्व आफू भविष्यमा यो काम गर्छु भन्ने निक्र्योल गरेर मात्रै भर्ना गर्नुपर्ने उहाँको भनाइ छ।

उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत सञ्चालित विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा, कानुन, कृषि, संस्कृत र प्राविधिक तहमा भर्ना हुने विद्यार्थीले आफैंले विषय छनोट गरी पढ्नुपर्ने हुन्छ। कलेज छनोट गर्दा अभिभावक र विद्यार्थी दुवै पक्ष सचेत हुनु उचित हुन्छ। ‘संस्थाको विगतको नतिजा हेर्नुपर्दछ। अघिल्ला विद्यार्थीको सन्तुष्टिलाई हेरेर मात्रै विद्यालय छनोट गर्नुपर्छ। भर्ना हुन चाहेको कलेजमा आफैं पुगेर कलेको अवस्थाबारे जानकारी लिएर मात्रै भर्ना हुनु उत्तम हुने अधिकांशको भनाइ छ।

जे भए पनि विद्यार्थीहरूलाई सही बाटोमा हिँडाउने प्रमुख भूमिका अभिभावकको नै हुने गर्छ। त्यसमा अभिभावकले आफ्ना छोराछोरीको रोजाइमा पनि ध्यान दिनुपर्दछ। यसै क्रममा एसएलसी उत्तीर्णपछि के गर्ने, कुन बाटो अपनाउँदा विद्यार्थीलाई सहज हुन्छ भन्ने विषयमा सांसद एवं नाइटिङ्गेल स्कुलका संस्थापक प्रिन्सिपल तेजुलाल (टीएल) चौधरी आफैं पढेको विद्यालयमा ११ र १२ कक्षा अध्ययन गर्नु उचित हुने बताउनुहन्छ। उहाँ भन्नुहुन्छ– ‘विद्यालयको अवस्था र शिक्षकको स्वभावबारे सजिलै जानकारी लिन पनि कक्षा १० सम्म पढेको विद्यालयका ११ र १२ कक्षा पढ्नु उचित हुन्छ। कलेजको भवन ठूलो देख्दैमा त्यसलाई राम्रो भन्न मिल्दैन। विगतलाई समेत अध्ययन गर्नुपर्छ। सकभर घरनजिकैको कलेज छानेर अध्ययन गर्नु उचित हुन्छ उहाँ भन्नुहुन्छ।

खर्च कति ?  
सबैभन्दा कम खर्च शिक्षाशास्त्र र मानविकी, कानुन विषय अध्ययनमा लाग्ने गर्दछ। विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो पढाइ हो। विषय छनोट गर्दा विद्यार्थीले आफ्ना अभिभावकको आर्थिक हैसियतका बारेमा पनि विचार गर्नुपर्दछ। हुन त छात्रवृत्तिको व्यवस्था पनि छ। त्यसले गर्दा आर्थिक रूपमा विपन्न विद्यार्थीले छात्रवृत्ति पाएर विज्ञान वा प्राविधिक विषय अध्ययन गर्न पाइरहेका पनि छन्।

निजी कलेजमा अध्ययन गर्न बढी खर्चिलो छ। सामुदायिक कलेजमा भने कम खर्च भए पुग्छ। उच्च माध्यमिक तहको अध्ययन गर्दा निजी विद्यालयमा एकदेखि १ लाख ७५ हजार रुपियाँसम्म (दुई वर्षको) खर्च लाग्छ भने सामुदायिकमा अध्ययन गर्दा दुई वर्षभरि सरदर ४० हजार रुपियाँ खर्च लाग्छ। निजी उमाविले विभिन्न विषयमा अतिरिक्त शुल्क लिने गर्दा यो वर्ष अझै महँगो हुने भएको छ।

व्यवस्थापन विषयमा सरदर ७५ हजारदेखि १ लाख २५ हजार रुपियाँसम्म, मानविकी विषयका लागि ४५ हजारदेखि १ लाख रुपियाँसम्म र शिक्षाशास्त्रका लागि ५० हजारदेखि ७० हजार रुपियाँसम्म लाग्छ। जबकि सामुदायिक विद्यालयमा अध्ययन गर्ने हो भने व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा दुई वर्षका लागि सरदर २५ हजार रुपियाँसम्म लाग्छ।


अबको बाटो

विज्ञान

डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र ? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन्। विज्ञानको अध्ययनले चारैतिरको अवसर पाइन्छ। कृषि, वन विज्ञानजस्ता विषय पढ्न चाहने विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय नै पढ्नुपर्छ। स्वदेशमा भन्दा विदेशमा बढी सम्भावना भएकै कारण विद्यार्थीहरू डाक्टर, इन्जिनियर, पाइलट बन्ने लोभमा विज्ञान विषय पढ्न चाहन्छन्।

विज्ञान विषय पढ््ने विद्यार्थीले सजिलै रोजगारको अवसर पाउने भएकाले पछिल्लो समयमा सो विषयप्रति आकर्षण बढ्न थालेको छ। सरकारीभन्दा निजी उमाविप्रति विज्ञान विषय पढ्नेको संख्या बढेको परिषद्का प्रवक्ता नारायण कोइरालाले बताउनुभयो।

व्यवस्थापन

हरेक तहमा उचित व्यवस्थापन अभावमा कतिपय काम लाथालिंग भएका हुन्छन्। व्यवस्थापकीय कमजोरीको कारणले गर्दा उद्योगधन्दा धराशयी बन्दै गएको छ। व्यवस्थापन विषयको अध्ययनविना कुशल व्यवस्थापक हुन सम्भव छैन त्यसैले त अहिले व्यवस्थापन पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ। परिषद्ले सञ्चालन गरेको विषयमध्ये शिक्षापछि सबैभन्दा बढी विद्यार्थीको चाप व्यवस्थापन संकायमा हुन थालेको छ। र एसएलसीपछि अधिकांश विद्यार्थी व्यवस्थापन विषय पढ्न रुचि राख्छन्।

बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने आशमा विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन्। सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रण भएकै कारण अधिकांश उमावि र कलेज प्रायः सबै सरकारी र निजी उमाविले व्यवस्थापन विषय अध्ययन गराउने गरेका छन्। व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्सको कोअपरेटिभ म्यानेजमेन्ट र ग्रामीण विकास, बुम र ओएमएसपी हटाएर बिजिनेस म्यानेजमेन्ट समावेश गरी पाठइ्क्रम तयार गरेको छ।

मानविकी

मानविकी संकाय तुलनात्मकरूपमा व्यावहारिक र ज्ञानवद्र्धक हुन्छ। दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्यजस्ता दर्जनौं विषयको अध्ययन गर्न सकिने मानविकी झन्डै चार दर्जन विषय रहेका छन्। गृहविज्ञान, समाजशास्त्र, आमसञ्चार, इतिहास, धर्म संस्कृति, भूगोल, वातावरणलगायत विषय समावेश गरिएको मानविकीअन्तर्गत अंग्रेजी, फ्रेन्च, उर्दू, जर्मन, जापानिज, हिन्दीजस्ता विषयसमेत समावेश गरिएको छ।

शिक्षा

विशेष गरी शिक्षण पेसासँग सम्बन्धित शिक्षाअन्तर्गत इच्छाधीन र अनिवार्य गरी १ हजार पूर्णाड्ढ परीक्षा दिनुपर्छ, इच्छाधीन ४५ वटा विषयमध्ये ७ र अंग्रेजी, नेपाली इच्छाधीनमध्ये एक विषय छनोट गर्नुपर्छ। विज्ञान तहमा पढ्ने विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र म्याथम्याटिक्स विषय अनिवार्य पढ्नैपर्छ।

विशेषतः प्राविधिक र प्रयोगात्मक विषय भएकाले नै विज्ञान तहमा पढ्ने विद्यार्थीले स्वदेश र विदेशमा राम्रो अवसर पाउँछन्। यी त भए विद्यार्थीले पढ्ने विषयहरू तर कुन विषयमा कतिको डिमान्ड छ भन्ने कुरा विद्यार्थी स्वयम्ले मूल्यांकन गर्नुपर्छ। कानुन विषय अध्ययन गर्ने विद्यार्थीले भविष्यका वकिल बन्ने ढोका खुल्छ भने प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा राम्रो अवसर पाउँछन्।

प्रतिक्रिया दिनुहोस्