भर्खरै एसईईको नतिजा प्रकाशित भएको छ। विद्यार्थी कहाँ कुन विषय पढ्ने भनेर कलेजको खोजीमा दौडिरहेका छन्। आफ्नो छोराछोरीलई कस्तो विषय पढाउने भनेर अभिभावकसमेत अन्योलमै छन्। विद्यार्थी र अभिभावकको अन्योलता चिर्न विगत ८ वर्षदेखि परामर्सको क्षेत्रमा काम गर्दै आउनुभएका नेसनल मोडल साइन्स स्कुल का प्रबन्ध निर्देशक एवं एजुकेसन काउन्सिलर प्रदीप भुसालसँगको कुराकानीः

कुन विषय रोज्दा प्रभावकारी हुन्छ ?
एसएलसीको इतिहास ८३ वर्षपछि भंग भएर एसईईमा रूपान्तरण भएको छ। पहिले कक्षा १० पास गरेपछि पाइने स्कुल लिभिङ सर्टिफिकेट एसएलसी अब एसईईका रूपमा अघिल्लो वर्षदेखि प्रतिस्थापन भएको छ। जसमा नतिजालाई ग्रेडिङ प्रणालीमा हेर्न सकिन्छ।

सामान्यतया कक्षा १० पछिका नानिबाबुले आफूले भविष्यमा के बन्न चाहेको कुन विषयमा करिअर बनाउन खोजेको हो त्यसको आधारमा विषय छान्ने अवसर आगामी ११ र १२ कक्षाका लागि हुनेछ। एसईई पछि ए लेभल पनि पढ्न सकिन्छ। त्यसै गरी प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, मानविकी विषय पढ्दा पनि हुन्छ। प्राविधिक विषयहरु जस्तै, नर्सिङ, डिप्लोमा इन्जिनियरिङ, फार्मेसी, ल्याब आदि विषयसमेत पढ्न सकिन्छ।

यदि विज्ञान, गणितको आधार राम्रो छ भने कक्षा ११ मा विज्ञान संकाय लिएर पढेको राम्रो हुन्छ। भविष्यमा मेडिकल वा इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा प्रवेश गर्न चाहँदा प्लस टु विज्ञान बलियो आधार बन्न सक्छ। तर, एसईई मा आएको नम्बर अर्थात् ग्रेडकै आधारमा मात्र बिज्ञान पढियो भनेपछि अप्ठेरो पर्न पनि सक्छ।

एसईई र ११ र १२ कक्षाको कोर्स ग्याप अलिक बढी नै छ। निरन्तर मिहिनेतले मात्र विज्ञान पढेपछि ठोस गन्तव्यमा पुग्न सकिन्छ। साथै भविष्यमा बैंकिङ⁄फाइनान्स⁄सेयर बजारलगायतमा करिअर बनाउन चाहानेले ११⁄१२ व्यवस्थापन संकायबाट अगाडि बढ्दा हुन्छ। जसले पछि बीबीए, एमबीएलगायतका कोर्समा विशिष्टीकरण बन्न टेवा पुर्याउँछ। साथै सीए पढ्न पनि सहजीकरण बन्नेछ। पछि सामाजिक विज्ञानमा आफ्नो करिअर बनाउन चाहानेले प्लस टुतर्फ मानविकी संकाय रोजेर अघि बढ्दा राम्रो हुन्छ। तर, प्लस टु विज्ञान पढियो भने स्नातक तहमा जुनसुकै संकाय पनि पढ्न सकिन्छ। त्यसैले पनि प्लस टु विज्ञानलाई ‘सबैतिरको बाटो’ पनि भनिन्छ। जसका लागि तीन डिडेडिकेसन, डिटरमिनेसन र ड्युटी पर्फमेन्स महत्त्व मानिन्छ।

वर्तमान शिक्षा प्रणालीलाई कसरी लिनुहुन्छ ?

अहिलेको शिक्षा प्रणाली अल्लि साँघुरो र अपरिमार्जित खालको छ। समय सान्दर्भिकता नभएको, प्रविधिसँग नजोडिएको, खोज अनुसन्धानसँग नगाँसिएको अव्यवहारिक शिक्षा छ। जसको प्रयोग दैनिक जीवन निर्वाहको अनुकूलताका लागि काम लाग्ने खालका छैनन्। विद्यार्थीले घोकेर भन्दा पनि बुझेर बुझाएर पढेका कुराहरु अलिक दिगो र जीवन उपयोगी हुन सक्छन्। अहिलेको वर्तमान परिप्रेक्षेमा शिक्षाको अवस्था बजार सुहाँउदो बन्न सकेको छैन।

कस्तो शिक्षा बजारले खोजेको छ ?

अबको समय ‘के पढिस्भन्दा पनि पढेर के गरिस्’ भन्ने हो। पढिखाने मात्रै भन्दा पनि गरिखाने शिक्षा आजको बजारले खोजेको छ। विद्यार्थीको क्षमता मार्कसिटको नम्बरमा मात्र नभई स्वयं विद्यार्थीको आचरण, व्यवहार र व्यवसायिकता अर्थात् कार्यसम्पादनमा हेर्न सकिन्छ। तसर्थ अलि जीवन उपयोगी र सीपमूलक खालको शिक्षा बजारले खोजेको छ। विज्ञान प्रविधिको जमानामा हाम्रा नानीबाबुहरुले लिएको शिक्षा पक्कै पनि प्रविधिमैत्री हुन भने जरुरी देखिन्छ।

ग्रेडिङ सिस्टमले विद्यार्थी अन्योलमा पर्नुलाई कसरी लिनुभएको छ ?

त्यसो त विश्वव्यापी मान्यतालाई अँगाल्दै आएको यस ग्रेडिङ प्रणाली वर्तमानमा नेपाली शैक्षिक समाजसँग गकभम तय नभएको भएर अन्योल देखिएको हो। कालान्तरमा यो सामान्यकरण बन्दै जानेछ। तर, आफ्नो ग्रेडलाई २५ ले गुणन गरी प्रतिशतमा बुझ्ने तरिका भने बिल्कुल गलत छ। साथै शिक्षा मन्त्रालय एवं सरकारी निकाय ग्रेडिङलाई वैज्ञानिक ढंगबाट प्रस्तुत गर्नु वा बुझाउन भन्दा पनि पास प्रतिशतको तथ्याङ्कलाई मात्र हमेस बढाउने सोंचले गर्दा पनि आम मानिस अन्योलमा परेका हुन्। साथै विषयमा ल्याइएको ग्रेडको आधारमा विषयमा अध्ययन अनुमतिले गर्दा पनि अन्योल कायम भएको हुन सक्छ। लाग्छ यो अन्योलता विस्तारै हट्दै जान्छ।

कस्तो कलेज छान्दा उपयुक्त हुन्छ ?

प्लस टु स्कुल छान्दा विद्यार्थीहरु अलिक कलेजका फेन्सीभन्दा पनि शैक्षिक गतिविधि र उपलब्धि केन्द्रित हुन जरुरी देखिन्छ। संस्थाको विगतको नतिजा अनुशासनको मूल्य मान्यता, शिक्षण संकाय र व्यवस्थापन टिमको आधारमा कलेज छान्नु उपर्युक्त हुनेछ।

LEAVE A REPLY