अभिलाषा र विभिशा फाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनशिपअन्तर्गत यू–१८ गल्र्स सिंगल्समा अभिलाषा विष्ट र विभिशा श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा बुधबार सेमिफाइनल खेलमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले तथा विभिशाले स्नेहा यादवलाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। सोही उमेर समूहको पुरुषतर्फ कौस्तुभ पाण्डेले श्रेयाश अग्रवाललाई तथा आदित सुवेदीले अभिनव आचार्यलाई समान ६–०, ६–२ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेका छन्।

यस्तै अन्डर–९ उमेर समूहमा प्रशंसा मोक्तान र सुनिरा थापा पनि फाइनलमा प्रवेश गरेका छन्। प्रशंसाले आद्या लोहा पौड्याललाई ४–०, ५–४ र सुनिराले नला मास्केलाई ४–०, ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे। सोही उमेर समूहको ब्वाइजतर्फको क्वाटरफाइनलमा शिभेन महर्जनले निशाद जोशीलाई ४–२, ४–१ ले हराए। अन्डर–१० उमेर समूहको ब्वाइज क्वार्टरफाइनलमा आरभ हाडा, आयुष्मान घले, सरोज लामा र प्रणव मानन्धर पनि विजयी भएका छन्।

यसै गरी अन्डर–१२ अन्तर्गत भएको ब्वाइज क्वार्टरफाइनलमा आर्यन गिरी, निश्चल अधिकारी र आदित्य सुवेदीले जित दर्ता गरेका छन्। यस्तै अन्डर–१४ अन्तर्गत आदित्य सुवेदी, कुबे चेम्जोङ र आदित सुवेदीले अन्तिम चारमा स्थान सुरक्षित गरे।

प्रतिक्रिया दिनुहोस्