झापामा निर्वाचन तयारी सम्बन्धी सम्पूर्ण तयारी पुरा



भद्रपुर (ने.स) । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै झापामा शान्तिसुरक्षादेखि निर्वाचन तयारी सम्बन्धी सम्पूर्ण कार्य पुरा भइसकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बुधवार आयोजना गरेको स्थानीय तह निर्वाचन सम्बन्धी सर्वपक्षिय बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले झापामा निर्वाचनको सम्पूर्ण कार्य पुरा भइसकेको जनाएका छन् ।

 

निर्वाचन अधिकृतको कार्यालय र मतदान स्थलको मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन सम्बन्धी सुरक्षा व्यवस्था पुरा भइसकेको जनाउदै मतदान अधिकृत तथा कर्मचारी छनौट, मतपेटिका पु¥याउने, मतदान सामाग्री, परिचयपत्र वितरण, मतपेटिका ढुवानी सम्बन्धी कार्य सम्पन्न भइसकेको बताए ।

झापामा शान्ति सुरक्षा मजुबद बनाइएकोले ढुक्क भएर मतदान गर्न झापाका सम्पूर्ण मतदातालाई आग्रह समेत गरेका छन् । निर्वाचनको दिन पानी परेमा त्यसको तयारी मतदानकेन्द्रमा खटिएका कर्मचारी आफैले गर्नु पर्नेबताए ।

 

त्यसैगरि राष्टिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले निर्वाचनका दिन मतदान केन्द्रमा खटिने कर्मचारीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन विशेष निर्देशन जारी गर्न झापाका निर्वाचन अधिकृतलाई आग्रह गरेका छन् । निर्वाचनको दिन मतदान केन्द्रमा आइपर्ने समस्या र त्यसको समाधान कसरी गर्न भनेर पूर्व जानकारी गराई दिनुहुन आग्रह समेत गरे । केन्द्रमा मतदान गर्न आउने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तलाई छुटै व्यवस्था मिलाउनु पर्ने बताउदै सवारीसाधन पासको व्यवस्था प्रमुख जिल्ला अधिकारी बाहेक कसैले वितरण गर्ने अधिकार नरहेको समेत प्रस्ट पारे ।

 

त्यस्तै निर्वाचन अनुगमन समितिका केन्द्रिय टोली प्रमुख खगराज पौडेलले झापामा राजनितिक दलहरुले बालबालिका प्रयोग गरी आचारसहिता उल्लघन गरेकोले सो कार्य तुरुन्त बन्द गराउन दलहरुलाई आग्रह गरेका छन् । झापाका विभिन्न सार्वजनिक स्थलमा आचारसहिता विपरित चुनाव चिन्ह अकित झण्डा, टि सर्ट, झोला, टोपी, सवारीसाधनमा ठूलठूला दलिय झण्डा राखेको पाइएकोले यसतर्फ ध्यानकेन्द्रित हुन झापाका अनुगमन समिति र कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्