प्रहरीद्धारा ३ अवैध घरेलु मदिरा भट्टी नष्ट



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ४ मा सञ्चालित ३ अवैध घरेलु मदिरा भट्टी प्रहरीद्धारा नष्ट गरिएका छन् ।

जलेश्वर वडा नं. ४ मा अवैध घरेलु मदिरा भटि संचालन रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सई प्रदिप भगतको कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा भटिहरुबाट तयारी मदिरा र कच्चा पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सो भटी संचालन गर्ने व्यक्तिहरु प्रहरी टोली पुग्नुभन्दा अगावै भागी फरार भएका थिए ।

 

प्रहरीले उक्त मदिरा भट्टिबाट पाँच सय लिटर तयारी मदिरा र २५ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख डिएसपी दिपक पोखरेलले बताए ।

नष्ट गरिएका सामानहरुमा ठूलो ड्रम २ थान , सानो ड्रम ४६ थान , मदिरा उत्पादन गर्ने मेसिन २ थान रहेको प्रहरीले बताए । महोत्तरी जिल्ला भरि तीन दर्जन भन्दा बढी अवैध मदिरा भट्टिहरु संचालनमा रहेको स्रोतको दावी रहेको छ । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भटि संचालकहरुको खोजतलास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्