डोटीका ग्रामिण क्षेत्रमा खुलेआम मदिरा बिक्रि बितरण



विमल विष्ट, डोटी ।
डोटीमा ग्रामिण क्षेत्रमा खुलेआम रुपमा मदिरा बिक्रि बितरण भईरहेको पाईएको छ । स्थानीय तह निर्वाचनको सुरक्षा संवेदशीलताका लागि भन्दै यहाँको स्थानीय प्रहरी प्रशासनले गाउमा मदिराको बिक्रि बितरण तथा ओसार पसार कार्यलाई बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमिती भएको पाईएको छ ।

जिल्ला सदरमुकाम लगायत यहाँका ग्रामिण क्षेत्रमा खुलेआम नियम बिपरित रुपमा मदिरा बिक्रि बितरण भई रहेको स्थानियबासीहरु बताउछन् ।

 

मदिरा सेवनका कारण ठुलै घटना नभएपनि सामान्य घटनाहरु दैनिक जसो गाउमा घटीरहेको आदर्श गाउपालिकाका योगेन्द्र खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘प्रहरीको सामुन्ने कसैले पनि मदिरा बेच्दैनन, प्रहरी नभएको बेला खुला रुपमा दारु बिक्रि भईरहेको छ,झगडा पनि कहिले बन्द भएको छैन् ।’यहाँका ग्रामिण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसा पसार हुने तथा बिक्रि बितरण हुने गरेको स्थानियबासीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक बर्षमा मदिरा सेवनकै कारण एक दजर्न बढी अजुरी परेका छन् । डोटीमा स्थानिय प्रशासनले बेलुकी ४ बजेबाट ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ ।
जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ ।

त्यस्तै यहाँका ग्रमिण क्षेत्रमा अधिकांस व्यापारीहरु सँग मदिरा कारोबार गर्ने इजाजतपत्र नभएको समेत पाईएको छ । उता जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी दिल्ली राज विष्टले गाउमा मदिरा कारोवार तथा बेचबिखन कार्य लाई बन्देज गरेको दाबी गर्नु भएको छ ।

उहाँले भन्नु भयो ‘अबैध मदिरा कारोवारीलाई कार्वाहि सुरु गरेका छौ,बन्द भन्नाले पुर्ण रुपमा निर्मुल पार्न सकेको छैनौ,पहिले भन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ,अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्