पल्सरद्वारा सेनाको फुटबललाई प्रायोजन



 

काठमाडौं, (नेस)
गोल्छा अर्गनाइजेसनको बजाज पल्सरले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पुरुष र महिला फुटबल टोलीलाई मुख्य प्रायोजन गरेको छ।

मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षका लागि कुल ७५ लाख रुपियाँको प्रायोजन सम्झौता भएको हो। नेपालमा बजाज बाइकको अधिकृत विक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख योगेन गुरुङ र सैनिक तथा तालिम केन्द्रका उपरथी देवकुमार सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौतामा उल्लेख भएअनुसार क्लबले नगद भने लिनेछैन। यसको सट्टा क्लबका खेलाडीलाई जर्सी र खेल सामग्री प्रदान गरिनेछ। यो सम्झौतापछि सेनाका फुटबल टोलीले खेल्ने सम्पूर्ण प्रतियोगितामा बजाज पल्सर लोगो अंकित जर्सी तथा खेल सामग्रीहरू प्रयोग हुनेछन्। कार्यक्रममा पुरुष टोलीका कप्तान भरत खवास र महिला टोलीकी कप्तान अन्चाली वाइबाले आर्मीले प्रयोग गर्ने ‘पल्सर’ अंकित नयाँ जर्सी प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्