सम्मान र सांस्कृतिक कार्यक्रम



 

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले सम्मान र सांस्कृतिक कार्यक्रमसहित ४५औं वार्षिकोत्सव मनाएको छ। २ चरणमा सम्पन्न गरिएको कार्यक्रममा संस्थानमा २५ वर्ष निरन्तर सेवा गरेका कलाकारहरु शारदा सिलवाल, विजय मानन्धर र कविता मानन्धरलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो।

त्यसै गरी संस्थानको पदपूर्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पाठ्यक्रम निर्माण समितिका सदस्यहरु प्रचण्ड मल्ल, हरिहर शर्मा, हनि श्रेष्ठ, सुरेश मिश्र, धनबहादुर गोपाली, संगीता प्रधान, ज्ञानु राधा गोर्खाली, रविन श्रेष्ठ, कुष्ण जीसी, माधवप्रसाद भण्डारी र सुदर्शन थापालाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा संस्थानको अनलाइन बुकिङ एप्लिकेसनको शुभारम्भ गरी सफ्टवेयर एप्लिकेसनको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रमको दोस्रो चरणमा संस्थानका कलाकारहरुले राष्ट्रिय गीत, एकल गीत, दोहोरी गीत, मारुनी नाच, सतार नाच, हुड्केली नाच प्रस्तुत गरेका थिए। सो अवसरमा लोचन भट्टराई, कृष्ण गुरुङ, खर्क बुढा, लोराज राई, नरसिंह लाल श्रेष्ठ, शिला विष्ट, रूपक चौधरी, पञ्चनारायण महर्जन, रोहित सुवेदी, भागिरथ सुस्लिङ, मदन जर्गा, भरत लाखे, भीमबहादुर गोर्खाली, बुकुन गन्धर्व, विपीन घिमिरे, भीमकला गुरुङ, टीका गुरुङ, गोरन चौधरी, छवि थापा, रेशमबहादुर पुन, खिम बलम्पाखी, गीता थापा, सुशीला थापा, सुनीता लामा, सवनम सिलवाल, अन्जु आलेले गीत–संगीत र नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्