इशा मिस टिन एसईई



 

ललितपुर इमाडोलकी इशा न्यौपानेले तेस्रो संस्करणको मिस टिन एसईई २०१७ को ताज चुमेकी छिन्। स्टार वन इन्टरटेनमेन्टद्वारा आइतबार राति राजधानीमा आयोजित यसपालि एसईई दिएका किशोरीहरुबिचको सौन्दर्य प्रतियोगितामा केएमसी स्कुलबाट एसईई दिएकी इशाले फेसबुक च्वाइस र ब्युटी विथ पर्पसको उपउपाधिसहित मिस टिन एसईई २०१७ को उपाधि चुमेकी हुन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पुष्पिका चालिसे मस्ट पपुलर र मस्ट एक्टिभका साथ फस्ट रनर्सअप, टेनिसा बजगाईं मस्ट फोटोजेनिकका साथ सेकेन्ड रनर्सअप र रोजिना गुरुङ बेस्ट हेयरका साथ थर्ड रनर्सअप भए। प्रतियोगितामा हिरयोना केसी मस्ट आइकोनिक आइज, दीपिका रेग्मी युथ विथ रेसपोन्सिबिलिटी, अनिशा श्रेष्ठ बेस्ट स्पिच, इभनास्य अधिकारी फेसन आइकन, सुजा तामाङ मस्ट डिर्जभिङ, सुष्मा तामाङ मिस ब्युटिफुल र मस्ट पर्फेक्ट, पलिजा मानन्धर बेस्ट डान्स, निकिता कार्की मिस क्याटवक, स्वस्तिका राय क्षत्री बेस्ट डिसिप्लेन, सुमी उप्रेती र मेरिना शाह मिस कन्जिनियालिटी, मुस्कान अग्रवाल मस्ट क्रियटिभ, स्वस्तिका खड्गी बेस्ट स्माइल, श्रीषा शाक्य बेस्ट फिटनेस, फुरा एन्जी शेर्पा मिस ट्यालेन्ट, गीताञ्जली बस्नेत मस्ट चार्मिङ, कर्मा वङ्जी गुरुङ बेस्ट सिंगर र भिवर्स च्वाइस, सुदीक्षा देवकोटा बेस्ट फिजिक, वन्दना सुनुवार सोसल वेलफेयर एम्बेसडर, रिया उपाध्याय बेस्ट आर्टवक र प्रकृति पौडेल बेस्ट पर्सनालिटी घोषित भए।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा निर्देशक ऋषि लामिछाने, अभिनेतृ सरिता लामिछाने दम्पतीका साथमा सञ्चारकर्मी सूर्य चन्द, सरोज प्याकुरेल, सञ्चार उद्यमी सुमित प्रताप राणा, मिसेस नेपाल इन्टरनेसनल सेकेन्ड रनर्सअप परिकल्पना राई, आशिष प्रसाईं, अजय पोखरेल निर्णायक रहेका थिए। कार्यक्रममा ध्रुव विस्को र युवराज कँडेलले तथा बन्नी ग्रुपले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए। यसअघि मिस टिन एसएलसीको उपाधि सुरुचि बुढाथोकीले जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्