एमालेका उम्मेदवारलाई नयाँ शक्ति र राप्रापाको समर्थन



 

अनिल खत्री, गुल्मी
गुल्मीको रेसु·ा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एमाले रेसु·ा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लीराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मेयर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवार निर्मला पाण्डेयद्वारा उम्मेदवारी फिर्ता लिएका हुन्।

दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमालेको तर्फबाट मेयर पदका उम्मेदवार भुसाललाई समर्थन गर्ने जनाएका छन्। उनीहरूले नगरका उपप्रमुख र वडाहरूमा भने आफ्ना उम्मेदवारहरूले चुनावमा भाग लिने जनाएका छन्। नगर दुई पार्टीका उम्मेदवारले समर्थनले भुसाललाई जित्नका लागि सजिलो बन्ने आँकलन रहेको छ।

नगरमा कांग्रेसको बलियो मत रहेता पनि पछि थपिएका गाविसहरू र उक्त दुई उम्मेदवारको समर्थनले गर्दा भुसाललाई जित्न अझ सजिलो भएको एमाले गुल्मीले जनाएको छ। नगरमा राप्रपाको करिब ५ सयभन्दा बढी मत रहेका छन् भने नयाँ शक्ति पार्टी नेपालका करिब ३ सया ५० भन्दा बढी मत रहेको पार्टीले जनाएको छ।

भुसालले नगरमा आफूले जिते कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्। उनले धार्मिक क्षेत्र रेसु·ा क्षेत्रको विकास रेसु·ा विमानस्थललाई समयमै सम्पन्न गरी सेवा विस्तार गर्ने योजना अगाडि सारेका छन्। अर्जुनडाँडालाई पर्यटकीयस्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने महत्त्वकांक्षी योजनाहरू राखेका छन्। भुसालले वृद्धभत्ता बढाएर घरमै पुर्याउने भूमिहीनलाई लालपुर्जा दिने योजना ल्याएका छन्।

उनले नगरका घर–घरमा सडक सञ्जाल पुर्याएर कालोपत्रे गर्ने कुरालाई प्रथामिकतामा राखेका छन्। नगरमा कांग्रेसबाट मेयर पदमा भुवनप्रसाद श्रेष्ठ र भुसालबीच कडा प्रतिपर्धा हुँदै छ। यो नगर विगतदेखि कांग्रेसले आफ्नो पकेट क्षेत्र हरेको छ। विगतका स्थानीय निर्वाचनमा कांग्रेसले जित्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्