मेयर र उपमेयरद्वारा वृक्षारोपण



 

ललितपुर, (नेस)
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्यालले जिल्लाको वडा नम्बर १८ स्थित भञ्याङमा वृक्षरोपण गर्नुभएको छ।

महानगर क्षेत्रलाई हरियाली बनाउने योजनाअनुसार वृक्षरोपण कार्यक्रमको थालनी गरिएको सो अवसरमा जानकारी दिइयो। घोषणापत्रमा उल्लेख भएका विषय मध्ये हरियाली प्रवद्र्धन प्रमुख भएकोले सोहीअनुसार वृक्षारोपण गरिएको मेयरको भनाइ थियो।

वृक्षारोपण गर्नुअघि आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले हरियो वन नेपालको धन भन्ने वाणीलाई यतार्थतामा ल्याउन वन जोगाउने कामको थालनी गरिएको उहाँको भनाइ थियो। इलाका वन अधिकृत प्रेमा थापाले जिल्ला वन कार्यालयले नगर उद्यानलाई प्राथमिकता दिएको जानकारी गराउँदै स्थानीय समूहले वन क्षेत्रको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो।

श्री बालकुमारी सामुदायिक वनको क्षेत्रमा पर्ने सो स्थानको वृक्षारोपण कार्यक्रममा बोल्दै सामुदायीक वन उपभोक्ता समूह अध्यक्ष नवराज कुँवरले केही समयअघि सुस्त रहेको सामुदायिक वन उपभोक्ता समूह जागरुक भएर वृक्षारोपण कार्यक्रम आयोजना गरेको बताउनुभयो।

उहाँले वन क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउन लागि परेको जानकारी दिनुभयो। कार्यक्रममा मेयर महर्जन र उपमेयर सत्यालले समीको वृक्षारोपण गर्नुभएको थियो। जनअधिकार सरोकार महासंघको पहलमा गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न १४ प्रकारका करिब १ सयभन्दा बढी वृक्षारोपण गरिएको थियो।

बालकुमारी सृजना क्लबको सहभागिता रहेको सो क्षेत्रमा धुपी, इन्द्रकमल, अमला, जापानिज चेरी, कोइराला, तेजपातलगायतका बिरुवा रोपिएको थियो। वनका सहसचिव किशोर कुवरले हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रममा वडा नम्बर १८ र २५ का जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्