बाजुरामा ३६३ सिटका लागि १ हजार ५ को उम्मेदवारी



दयाराम पण्डित, बाजुरा ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बाजुराका नौ तहमा ३६३ सिटका
लागि एक हजार पांच उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुररले जनाएको छ । नेपाली कांग्रसले तिन सय ५४ जना ,एमाले ३सय ५०, माओवादी
केन्द्र २३९, राप्रपाका ३४ ,नयाशक्तीले १६, स्वतन्त्रका १२ जनाले विभिन्न तहका लागि उममेदवारी दिएकाछन् । ५२२ पुरुष र ३८१ महिला अषाढ १४ को निर्वाचनमा ििभड्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । मेयर पदका लागि
सबै भन्दा बढि बुढिगंगा नगरपालिकाका लागि पांच जना मेयरपदका लागि उममेदवार लडेका छन् । उममेदवारी दिएपछि हिजो आज गाउँगाउँमा आआफ्नो पक्षमा मतमाग्न उम्मेदवार तल्लीन देखिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्