अबचाहिँ केही होला !



 

धरहरालाई अबचाहिँ मुलुकमा केही होला कि भन्ने लागेको छ है पाठकवृन्द। किन भन्नुहोला, कुरा प्रस्टै छ– पहिलाका प्रधानमन्त्रीहरूले त्यतिधेरै जोखाना हेराएको वा ज्योतिष हेराएको पाइँदैनथ्यो। तर, अहिलेका प्रधानमन्त्री हेर्नु त एउटा पाइलो चाल्न पनि जोखाना।

यसरी पाइलैपिच्छे जोखाना हेर्न थालेपछि मुलुक बन्दैन त पाठकवृन्द? नपत्याए हेर्नुस् त नयाँ प्रधानमन्त्री हिजो बालुवाटार सर्दा बिहान ५ः२२ बजे नै टुप्लुक्क पुग्नुभयो। दायाँबायाँ केही भएन। एक त यसो गर्दा समयमा काम होला जस्तो देखियो। अर्कोतिर काम नबिग्रिने छाँटकाँट पनि देखियो।

हुनत फेरि पाठकहरूले भन्नुहोला। उहाँ यसअघि पनि पटकपटक प्रधानमन्त्री हुनुभएको हो। त्यतिबेलाको अवस्था हेर्दाचाहिँ त्यति आशा गर्ने ठाउँ छैन भन्ने पनि पाठकवृन्द पाइनुहोला। कुरा त हो पनि। तर, त्यतिबेला राजतन्त्र थियो, अहिले गणतन्त्र छ। गणतन्त्रमा चाहिँ जोखाना वा ज्योतिष बढी प्रभावकारी हुन्छन् कि? यसो एक पटक विचार गरौं न। विचार गर्दैमा हाम्रो के जान्छ र, होइन त?

प्रतिक्रिया दिनुहोस्