नेप्सेमा उच्च गिरावट लगानीकर्ताको २५ अर्ब गुम्यो



 

नेपाल समाचारपत्र
काठमाडौं
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा २० दशमलब ८२ अंकको गिरावट आएको छ। १ हजार ५ सय ७५ दशमलब ९८ अंकबाट शुरू भएको शेयर बजार निरन्तर ओरालो लाग्ने क्रममा सोमबार १ हजार ५ सय ५५ दशमलब १६ को बिन्दुमा पुगेर रोकिएको हो। अघिल्लो दिन आइतबार आइतबार समग्र बजार पुँजीकरण १८ खर्ब ४४ अर्ब रुपियाँ रहेकोमा सोमबार २५ अर्ब बढीले तल झरी १८ खर्ब १९ अर्ब रुपियाँ भएको छ।

बजारमा सोमबार १ सय ३७ कम्पनीका ८ लाख १४ हजार ४ सय ५३ कित्ता शेयर ५ हजार ८ सय १२ पटक कारोबार हुँदा ६४ करोड ९८ लाख ८ हजार ३ सय १५ रुपियाँमा किनबेच भए। आइतबार शेयर बजार ५९ करोड ३३ लाख ८८ हजार ९२ रुपियाँको कारोबार भएको थियो।

समग्रमा बजार परिसूचक घट्दा सोमबार कारोबारमा आएका सबै समूह ओरालो लागे। तीमध्ये बीमा समूह सबैभन्दा बढी १ सय ४२ दशमलब ८९ अंकले ओरालो लाग्यो। त्यस्तै उत्पादनमूलक र विकास बैंक समूहमा पनि क्रमशः २३ दशमलब २५ र २१ दशमलब ३१ अंकको गिरावट आए।

त्यसैगरी जलविद्युत् समूहको परिसूचक १८ दशमलब ५१ अंकले घट्यो। बैंकिङ समूहको परिसूचक २० दशमलब ३८ अंक, होटल समूहको १६ दशमलब ६२ र वित्तीय समूहको परिसूचक १० अंकले ओरालो लाग्यो। त्यस्तै अन्य समूहको परिसूचकमा सोमबार २ दशमलब ३१ अंकको गिरावट आयो।

सोमबार सबैभन्दा धेरै एभरेस्ट इन्स्योरेन्स कम्पनीको शेयरको भयो। कम्पनीका ५१ हजार ९ सय ८५ कित्ता शेयर १५ करोड ६६ लाख ९ हजार ८ सय ६८ रुपियाँमा कारोबार भए। त्यस्तै कारोबार गर्नेमा एभरेस्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
सोमबार सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटलका शेयरधनीले कमाएका छन्। कम्पनीको शेयर मूल्य ३ दशमलब ११ प्रतिशतले बढेको छ। त्यस्तै एभरेस्ट बैंकका शेयरधनीले सबैभन्दा बढी ९ दशमलव ४४ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्