जुडोको ट्राफिक जनचेतना कार्यक्रम



 

काठमाडौं, (नेस)
ओलम्पिक डेको साताव्यापी कार्यक्रमको तेस्रो दिन नेपाल जुडो संघको आयोजनामा ट्राफिक जनचेतनामूलक कार्यक्रम आयोजना सम्पन्न गरेको छ।
संघले त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, एनएसी, न्युरोड, रत्नपार्क हुँदै वीर अस्पताल क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको थियो। ट्राफिक कार्यालयका अधिकृतबाट सोही स्थानमा बसी खेलाडीहरूलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइएको थियो। सो प्रशिक्षणपछि खेलाडीहरूले आफ्ना पोसाकका साथ ट्राफिक नियमको बारेमा पैदल यात्रीहरूलाई जनचेतनामूलक कार्यक्रम गरेका थिए।

यसै गरी अल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशालामा कबड्डी प्रतियोगिता सम्पन्न भयो। चार टोली सहभागी भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका ‘ए’ टोली पहिलो, क्लबकै ‘बी’ टोली दोस्रो भए। ओलम्पिक डेकै अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा पुम्से–४ र स्पाइरिङ–१९ इभेन्ट्स सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस्