गुल्मीमा तालमेल गरी उम्मेदवारी दर्ता



 

अनिल खत्री⁄गुल्मी

दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तह निर्वाचनको निम्ति आइतकार गुल्मीमा रहेका विभिन्न पार्टीका उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन्। जिल्लामा प्रमुख दलहरूले मनोनयन दर्ता गर्ने क्रममा बृहत् शक्ति प्रदर्शन, बाजागाजासहित मनोनयन दर्ता गरेका थिए।

जिल्लामा रहेका २ नगरसहित १० गाउँपालिकाका लागि उम्मेदवारहरूले मनोनयनका लागि निर्वाचन कार्यालयमा पुगेका थिए। जिल्लामा रहेका १२ वटै स्थानिय तहमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले जानकारी दिए। शान्तिपूर्ण उत्साहपूर्ण वातावरणमा मनोनय दर्ता भएको मरासिनीले जानकारी दिए।

गुल्मीमा ८ जनाले स्वतन्त्रबाट प्रमुख पदमा मनोनयन दर्ता गरेका छन्। गुल्मीमा रहेको रेसुंगा नगरपालिकामा मात्र नगर प्रमुखमा ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जिल्लामा रहेका सबै स्थानीय तहमध्ये उक्त नगरमा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन्।

नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरूमा अजय पन्ती, नन्दराम राना, नित्यानन्द पाण्डेय रहेका छन्। गाउँपालिका प्रमुखमा ५ गाउँपालिकहरू स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। धुर्कोट गाउँपालिका भूपाल खत्री, चुरामणि शर्मा गुल्मी दरबार, पदमबहादुर घर्ती रुरु गाउँपालिका, शम्भु गौतम कालिगण्डकी रेशमराज न्यौपाने रहेका छन्।

जिल्लामा रहेका पाँच स्थानीय तहमा कांग्रेस माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। माओवादी केन्द्र र राप्रापाबीच पनि एउटा गाउँपालिकामा तालमेल भएको छ भने एमाले र जनमोर्चाबीच पनि एउटा गाउँपालिकामा तालमेल भएको छ। कांग्रेस र माओवादीबीच जिल्लाका रुरु गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादीबीच तालमेल गरेर उम्मेदवार चयन गरेका छन्।
तालमेलअनुसार कालिगण्डकी गाउँपालिकामा कांग्रेसलाई प्रमुख माओवादी केन्द्रलाई उपप्रमुख, सत्यवत्ती गाउँपालिकामा कांगेसलाई प्रमुख माओवादी केन्द्रलाई उपप्रमुख पाउने गरी सहमति गरेका छन्। रुरु गाउँपालिकामा र धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पाउने गरी सहमति गरेका छन्।

छत्रकोट गाउँपालिकामा
कांगे्रसलाई प्रमुख माओवादी केन्द्रलाई उपप्रमुख सहमतिअनुसार उम्मेदवारी दिएका छन्। माओवादी केन्द्र र राप्रापाबीच पनि तालमेल भएको छ। मदाने गाउँपालिकामा भएको तालमेलअनुसार प्रमुख माओवादी केन्द्र र उपप्रमुख राप्रापाले पाउने सहमति गरेका छन्।
एमालेले भने एउटा गाउँपालिकामा मात्र जनमोर्चासँग तालमेल गरेको छ। जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकामा एमाले र जनमोर्चाबीच तालमेल भएको छ। एमालेलाई प्रमुख र उपप्रमुखमा जनमोर्चाले पाउने गरी उम्मेदवारी दर्ता गरेका छन्। गुल्मीमा १२ स्थानीय तहमा ९३ वटा वडा रहेका छन्।

रेसुङ्गा नगरपालिका
कांग्रेस
प्रमुख भुवनप्रसाद श्रेष्ठ
उपप्रमुख अमृता कुँवर
एमाले
प्रमुख डिल्लीराज भुसाल
उपप्रमुख सीता भण्डारी
माओवादी केन्द्र
प्रमुख धर्म विश्वकर्मा
उपप्रमुख कमला पुन
नयाँ शक्ति नेपाल
प्रमुख पदमबहादुर खत्री
उपप्रमुख जमुना पाण्डेय
मुसिकोट नगरपालिका
कांग्रेस
प्रमुख कृष्णहरि सापकोटा
उपप्रमुख विष्णु सापकोटा
एमाले
प्रमुख सोमनाथ सापकोटा
उपप्रमुख कमला शर्मा
माओवादी केन्द्र
प्रमुख खुमबहादुर थापा
उपप्रमुख हुमाकला खरेल
इश्मा गाउँपालिका
कांग्रेस
प्रमुख चन्द्रबहादुर महत
उपप्रमुख गीता घिमिरे
एमाले
प्रमुख लक्ष्मण विष्ट
उपप्रमुख विमला खत्री
माओवादी केन्द्र
प्रमुख विमला थापा
उपप्रमुख दर्गाचन्द्र बोहरा
मालिका गाउँपालिका
कांग्रेस
प्रमुख ज्ञानबहादुर कार्की
उपप्रमुख सीता अर्याल
एमाले
प्रमुख रितबहादुर थापा
उपप्रमुख देवा अर्याल (रिजाल)
माओवादी केन्द्र
प्रमुख देवीराम अर्याल
उपप्रमुख शोभा थापा
मदाने गाउँपालिका
कांग्रेस
प्रमुख महेन्द्र कुँवर
उपप्रमुख सुशीला भुसाल
एमाले
प्रमुख दानबहादुर केसी
उपप्रमुख सरिता खड्का
माओवादी केन्द्र
प्रमुख बेगमचन्द बोहोरा
राप्रापा तालमेल उपप्रमुख ओमबहादुर केसी
नयाँ शक्ति
प्रमुख राजेन्द्र जिसी
धुर्कोट गाउँपालिका
माओवादी केन्द्र र कांग्रेस तालमेल
माओवादी केन्द्रबाट
प्रमुख भुसाल पोखरेल
उपप्रमुख कांग्रेसबाट शिवबहादुर खत्री
एमाले
प्रमुख कृष्ण घिमिरे
उपप्रमुख रीता थापा
नयाँ शक्ति
प्रमुख चन्द्रबहादुर विक
गुल्मी दरबार गाउँपालिका
कांग्रेस
प्रमुख अशोक थापा
उपप्रमुख मीना भण्डारी
एमाले
प्रमुख कृष्ण भुसाल
उपप्रमुख सुशीला पुन
माओवादी केन्द्र
प्रमुख मनिराम ज्ञवाली
उपप्रमुख सीता पाण्डेय
छत्रकोट गाउँपालिका
कांग्रेस माओवादी तालमेल
कांगे्रस
प्रमुख अनन्तराम पौडेल
माओवादी केन्द्र
उपप्रमुख रामप्रसाद पाण्डेय
एमाले
प्रमुख मधुकृष्ण पन्त
उपप्रमुख नर्मदा भण्डारी
नयाँ शक्ति
प्रमुख जनक पन्थ
रुरु गाउँपालिका
माओवादी केन्द्र कांग्रेससँग तालमेल
माओवादी केन्द्र
प्रमुख यदु ज्ञवाली
कांग्रेस
उपप्रमुख देविन्द्र मल्ल
एमाले
प्रमुख नीलकण्ठ गौताम
उपप्रमुख लक्ष्मी पन्त
नेकपा क्रान्तिकारी माओवादी
प्रमुख केशव अधिकारी
सत्यवती गाउँपालिका
कांग्रेस–माओवादीबीच तालमेल
कांग्रेस
प्रमुख पारिश्वर ढकाल
माओवादी केन्द्र
उपप्रमुख टोपला अर्याल
एमाले
प्रमुख अमरसिंह सिंजापती
उपप्रमुख सुवर्ण शाही
नेकपा क्रान्तिकारी माओवादी
प्रमुख प्रगति राना
चन्द्रकोट गाउँपालिका
कांग्रेस
प्रमुख द्रोण खत्री
उपप्रमुख भगवती अर्याल
एमाले
प्रमुख मीमलाल श्रेष्ठ
उपप्रमुख राधिका अर्याल
माओवादी केन्द्र
प्रमुख युवराज केसी
उपप्रमुख मीना बोहरा
नयाँ शक्ति
प्रमुख तेजेन्द्र थापा
कालिगण्डगी गाउँपालिका
कांग्रेस–माओवादीबीच तालमेल
कांग्रेस
प्रमुख वेद मगर
माओवादी
उपप्रमुख ओमप्रकाश न्यौपाने
एमाले र जनमोर्चाबीच तालमेल
एमाले
प्रमुख टीकाराम ढकाल
जनमोर्चा
उपप्रमुख तारा थापा

प्रतिक्रिया दिनुहोस्