साकार र सिर्जनालाई उपाधि



 

राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययनका लागि सहभागी सबै किशोर–किशोरीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै एएनपी मिडिया हाउसले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा साकार श्रेष्ठले बेस्ट पर्सनालिटीसहित मिस्टर नेपाल्स एसईई आइकन २०१७ तथा सिर्जना थापामगरले बेस्ट हेयर र बेस्ट स्पचका साथ मिस नेपाल्स एसईई आइकन २०१७ को उपाधि चुमेका छन्। काठमाडौंका नयाँबजारका साकारले वृहस्पति विद्या सदन नक्सालबाट एसईई दिएका थिए भने ललितपुरको नख्खीपोटकी सिर्जनाले ओशिष विद्यालय, सुनाकोठीबाट एसईई दिएकी थिइन्।

किशोरतर्फको प्रतिस्पर्धामा अमृत थापा बेस्ट स्किनसहित फस्ट रनर्सअप, सुनील बोहरा बेस्ट स्पिचसहित सेकेन्ड रनर्सअप तथा शोभित बस्नेत मिस्टर क्याटवाक र बेस्ट हेयरसहित थर्ड रनर्सअप भएका थिए। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा योगेस गुरुङ मस्ट पपुलर र फेसबुक च्वाइस, प्रवीण थापामगर भ्युवर्स च्वाइस र युथ विथ रेसपोन्सिविलिटी, सञ्जय राई मस्ट ट्यालेन्ट, सिजन तामाङ बेस्ट डिसिप्लेन, रविन डाँगी मस्ट फोटोजेनिक, प्रज्वल भट्टराई बेस्ट फिजिक, निरोज बुढाथोकी मस्ट फ्रेन्डली, सुजन सेन मस्ट चार्मिङ, सोनु जैसवाल मस्ट एक्टिभ, सिरक श्रेष्ठ जोशी बेस्ट सिंगर, नोर्बु लामा बेस्ट डान्स, सुमन कौशिक मिस्टर ह्यान्डसम, अनिश सिंह मस्ट डिजर्भिङ, यशकुमार गुप्ता बेस्ट फिटनेस, अनिश शाह मेनेजमेन्ट च्वाइस, ग्यालजेन लामा सोसियल वेलफेयर एम्बस्डर, पारस धामी मस्ट इन्टिलिजेन्ट र सुजन तण्डुकार मस्ट पर्फेक्ट चुनिए।

अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा किशोरीतर्फ अनुष्का अधिकारी बेस्ट डिसिप्लेनसहित फस्ट रनर्सअप, स्मृति श्रेष्ठ ब्युटी विथ पर्पससहित सेकेन्ड रनर्सअप तथा रविना बराल सोसियल रेसपोन्सिबलसहित थर्ड रनर्सअप भए। त्यसै गरी कृति श्रेष्ठ मस्ट पपुलर र मस्ट फ्रेन्डली, तिसा मानन्धर फेसबुक च्वाइस र मस्ट डिर्जभिङ, रक्षा डंगोल मिस क्याटवक, नवज्योति कुमारी शाह भिवर्स च्वाइस, मस्ट एक्टिभ र युथ विथ रेसपोन्सिविलिटी, सुजता अमगाईं मिस ट्यालेन्ट, अञ्जली कँडेल बेस्ट स्माइल, तृप्ति श्रेष्ठ बेस्ट स्किन, प्राप्तीश्री निरौला मस्ट फोटोजेनिक, अस्मिता भण्डारी बेस्ट पर्सनालिटी, योजना वन्त बेस्ट फिजिक, सलिना केसी मस्ट फिटनेस, दीपिका थापा मगर मिस कन्जिनियालिटी, ऐश्वर्या घिमिरे मस्ट चार्मिङ, प्रमिला श्रेष्ठ फेसन आइकन, सविना पराजुली मस्ट पर्पmेक्ट, निशा जैसवाल बेस्ट सिंगर, अलिसा मल्ल ठकुरी बेस्ट डान्स र सुविना खड्का मिस ब्युटिफुल घोषित भए।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा आइडल मोडल स्कुलका प्रिन्सिपल विराट क्षत्री, ब्लुबर्ड कलेजका प्रिन्सिपल बीएस क्षत्री, क्यारिभियन स्कुल तथा कलेजका प्रिन्सिपल चन्द्रयान प्रधान श्रेष्ठ, संगीतकार सरोज प्याकुरेल, सञ्चारकर्मी सूर्य चन्द र टिचर आइकनकी विजेता सन्ध्या केसी निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्