तेस्रो अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम हुने



नेपाल समाचारपत्र, काठमाडौं ।
तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भोलि बुधबार देशभर विविध कार्यक्रम गरेर मनाउने भएको छ । शिक्षा मन्त्रालय र पतंजलि योगपीठ नेपालको सहकार्यमा योग अभ्यास सहित विविध कार्यक्रम गरि मनाउने भएको हो ।
शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा गठित अन्तर्राष्ट्रिय योग दिवस मूल आयोजक समारोह समितिको अगुवाईमा सो कार्यक्रमहरु मनाउन लागिएको बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजकले जनायो ।
यसअघि दरबारमार्गमा योग अभ्यास गरेकोमा यसपल्ट प्रर्दसनीमार्गमा गर्न लागिएको शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले कार्यक्रममा बताउनुभयो ।
योग गरौँ निरोग बनौँ भन्दै योगको माध्यमबाट मानिसलाई शारीरिक मानसिक र सामाजिक रुपमा स्वास्थ्य बनाउन तथा योग अभ्यासको व्यापकता बडाई गाउँ देखि शहरसम्म योग र योगका विषयमा आमजनमानसलाई सुसुचित गराई, योग अभ्यास गर्न जागरुपबनाउनु आबश्यक रहेकोपतंजलि योगपिठ नेपालका ट्रष्टी सालिकराम सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्