थवाङका उम्मेदवार हाम्रा होईनन् – शाही



नेपाल समाचारपत्र, रोल्पा ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको थवाᆰमा आफ्नो पार्टीको तर्फबाट कसैलाई पनि उम्मेदवार खडा नगरेको बताएको छ । चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आफनो पार्टीसँग जोडिएर विभिन्न संचार माध्यममा आएको ナथबाᅨमा मनोनयन दर्ताᅳ भन्ने बिषय यथार्थपुरक नभएको बताएको हो । रोल्पाको थवाᆰ गाउँपालीकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय कार्यकर्ता अमित घर्तीले उम्मेद्धारी दर्ता गराएका थिए । आफ्नो पार्टीको अभियान चुनाव खारेज भएको भन्दै कसैलाई पनि उम्मेदवार नबनाएको सो पार्टीले स्पष्टीकरण दिएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी जागृतले एक बिज्ञप्ती जारी गरी आफ्नो पार्टिको लाईन काग्रें्रस वा माओवादी कोहि संग पनि एकता गरेर चुनाबको उपयोग नगर्ने बरु शशक्त बहिस्कार गर्ने रहेको बताउनुभएको छ । उहाँले आネनो पार्टी चुनाव खारेजी अभियानमा रहेको उल्लेख गर्दै थबाᅨमा उम्मेदवारी दर्ता गरेका व्यक्ति दलाल संसदीय व्यवस्थाको भ्रममा परेका व्यक्ति भएको पनि स्पष्ट पार्नुभएको छ । विज्ञप्तीमा भनिएको छ,९ ナहाल दोश्रो चरणको चुनावी नाटकको मञ्चन भैरहेको सन्दर्भमा थबाᆰमा खडा गरिएका उम्मेदवारको मनोनयन दर्ता भनेर समाचारहरु आइरहेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । बिज्ञप्तीमा भनिएको छ,९व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न थबाᅨी समुदायलगायत आम समुदायलाई हार्दिक अपिल गर्दछौं ।ᅳ

यसैगरी, बिप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले पार्टी चुनाव खारेज अभियानमा रहेकाले समाचारमा आएजस्तो आफ्नो पार्टीले चुनाबमा उम्मेद्धार नतोकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,९पार्टीले बैधानिक रुपमा आधिकारीक उम्मेद्धार खडा गर्ने कुरै भएन । पार्टीको लाईन दलाल संसदीय व्यवस्थाको खारेज गरी एकीकृत जनक्रान्ती पुरा गर्ने हो । उहाँले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुनुभएको होला । ᅳ थवाᆰ नेपाल कम्युनिस्ट पार्टीको पकड क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्