प्यूठानका ९ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता उल्लासमय



सलिम अन्सारी प्युठान ।
असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार दलका उम्मेदवारहरुले उत्साहका साथ मनोनयन दर्ता गराएका छन।
जिल्लाका २ नगरपालिका सहित ९ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताउल्लासमय रुपमा गरिएको छ ।

प्युठानका ९ वटै स्थानीय तहमा आफ्नो शक्ति देखाउन ठूला दल नेकपा एमाले,राष्ट्रीय जनमोर्चा, माओवादी केन्द्र र नेपाली काङ्रेसले बाजागाजा र जुलुससहित मनोनयन दर्ता गराएका थिए ।

मनोनयन दर्तापछी उनिहरुले चुनाबी सभा समेत आयोजना गरेका थिए।

 

प्यूठान नगरपालिकामा २ सय ९२ जनाले मनोनयन दर्ता गरेका छन । मेयरमा ९ र उपमेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वर्गद्धारी नगरपालिकामा १ सय ६६ जनाले उम्मेदवारी दिएका छन् ।

नौबहिनी गाउँपालिकामा १ सय १ जनाको उम्मेदवारी दर्ता भएको छ । झिमरुक गाउँपालिकामा १ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरि सरुमारानी गाउँपालिकामा १ सय २० जनाको उम्मेदवारी दर्ता भएको छ । मल्लरानी गाउँपालिकामा १ सय १७ जनाको उम्मेदवारी दर्ता भएको छ । गौमुखी गाउँपालिकामा १ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

माण्डवी गाउँपालिकामा १ सय ५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा अध्यक्षमा ७ जना र उपाध्यक्ष ५ जनाको मनोनयन दर्ता भएको छ । जसमा नेपाली कांग्रेसबाट १९, नेकपा एमालेको २७, माओवादी केन्द्रको २७, राप्रपाको २०, राजमोको ८, नयाँशक्तिको १, स्वतन्त्र ३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ऐरावती गाउँपालिकाको अध्यक्षमा ७ र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्बाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँ जम्मा १ सय ५७ जनाले उम्मेद्धवारी दर्ता गराएका छन। जिल्लाभर शान्तिपुर्ण तरिकाले मनोनयन पत्र दर्ताको काम सकिएको मुख्य निर्बाचन अधिकृत बासुदेव न्यौपानेले बताए।

प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका र गौमुखी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी समिकरण भएको छ । नौबहिनी गाउँपालिकामा नेकपा एमाले र राजामो, ऐरावती गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्र बीच चुनावी समिकिरण भएको छ ।

त्यसैगरि नौबहिनी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीबीच समिकरण भएको छ । प्यूठानका ९ वटा स्थानीय तहबाट ३ सय ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्