पैदलयात्रीलाई लक्षित गरी लण्डनमा फेरी घातक हमला, अन्धाधुन्द ठक्कर दिने भ्यान चालक प्रहरी प्रहरी नियन्त्रणमा



५ असार, काठमाडौं । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो ।

 

रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ जना घाइते भएको बीबीसीले जनाएको छ ।

लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोडमा मध्यराति १२ बजे भएको आक्रमणमा कसको संलग्नता भनेर नखुलेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रमजानको प्रार्थनाका लागि आवत–जावत गर्नेहरुको कारण बाटोमा निकै भिडभाड थियो ।

लण्डन मेट्रोपोलिटन पुलिसले सेवेन सिस्टर रोडलाई अहिले बन्द गरेको छ ।

मुस्लिम काउन्सील ब्रिटेन (एमसीबी) काअनुसार चालकले जानीजानी पैदलयात्रीलाई ठक्कर दिएको थियो । अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्