एनसेलद्वारा योन्डर क्यारा ओके प्रतियोगिता शुरू



 

नेपाल समाचारपत्र
काठमाडौं
एनसेल प्रालिले गीत–संगीतका पारखीलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता चार हप्तासम्म आकर्षक सामसुङ जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योन्डर क्यारा ओके प्रतियोगिता’ शुरू गर्ने घोषणा गरेको छ।

ग्राहकमाझ लोकप्रिय बनिरहेको योन्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले असार ५ गतेबाट शुरू हुने प्रतियोगितामा भाग लिन सक्नेछन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममाझ प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो।

एनसेलले आफ्नो पीआरबीटी टोन सेवामार्फत गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार र परिस्कृत गर्दै गत जेठ १२ गते देखि लाखौं गीत निःशुल्क पहुँचको अवसर प्रदान गर्न योन्डर म्युजिक एप ल्याएको थियो।
संगीतका पारखीहरू तथा सधै थप सामग्रीहरू खोज्ने ग्राहकका लागि नेपाली तथा अन्तर्राष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ सेवा प्रदान गर्न र देशको गीतसंगीत उद्योगको दिगो विकासमा योगदान पुर्याउन योन्डर म्युजिकसँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्