पंखा बोकेका शिक्षकसँगको ट्रम्पको तस्वीर भाइरल



 

वासिङटन, (एजेन्सी)
विश्वमा सबैभन्दा शक्तिशाली व्यक्तिसँगै बसेर खिचाइएको तस्वीरमा सामान्यत सबैको ध्यान ती ठूलो व्यक्तिमै केन्द्रित हुन निश्चित हो। यदि तस्वीरबाट आफू चर्चामा आउनु छ भने त्यस्तो बेला कुनै विशेष भंगीमा छोड्नुपर्ने हुन्छ।

अमेरिकाका २९ वर्षीय शिक्षक निकोस इआनोपोलसले ह्वाइट हाउसको ओवल अफिसमा यस्तै गरी चर्चा अमेरिकाका २९ वर्षीय शिक्षक निकोस इआनोपोलसले ह्वाइट हाउसको ओवल अफिसमा यस्तै गरी चर्चा बटुलेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने पुगेका निकोसले राष्ट्रपतिसँग खिचेको तस्वीरमा हातमा पंखा लिएका थिए। ट्रम्प, प्रथम महिला मेलानिया र निकोसको हातमा पंखा लिएको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

निकोसलाई रोड आइल्यान्ड टिचर अफ द इयरको पुरस्कारका लागि चयन गरिएको हो। हरेक राज्यबाट चुनेका शिक्षकहरूसँग उनलाई पनि ह्वाइट हाउसमा ट्रम्पसँग भेट्न बोलाइएको थियो।

उनले एलजीबीटी समुदायप्रति आभार व्यक्त गर्न एउटा सप्तरंगी पिन पनि आफ्नो लुगामा लगाएको र नीलो रंगको ज्याकेट र एउटा कालो पंखा आफूसँग राखेको तस्वीर फेसबुकमा पोस्ट गरेका थिए।

आफूसँग पंखा राख्दा राष्ट्रपतिलाई कुनै आपत्ति छ कि भन्ने प्रश्न उनले ट्रम्पसमक्ष राखेका थिए। ट्रम्पले अनुमति दिँदै उनको पंखालाई स्टाइलिस भएको बताउँदै प्रशंसा गरेका थिए। राष्ट्रपतिसँग त्यही पंखा देखाएर पोज दिएको तस्वीर नै भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्