वडा सदस्यका उम्मेदवारको अपहरण



 

रविन भट्टराई⁄ताप्लेजुङ

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवार उठ्न मनोनयन दर्ता गर्न हिँडेका एक जनालाई विप्लव माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।

नेपाली कांग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोकतर्फ जादै गरेका मनकुमार पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रामबहादुर केसीले जानकारी दिए। केसीले घटनाका बारेमा जानकारी लिने र उद्धारका लागि प्रहरी खटाएको बताए।

मनोनयन दर्ताका दिन आइतबार योबाहेक शान्तिपूर्ण ढंगले दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृत अशोकुकमार बस्नेतले फुङ्लिङ नगरपालिकासहित अरू ८ वटै गाउँपालिकामा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता भएको जनाउनुभयो। उहाँका अनुसार फुङ्लिङ नगरपालिकामा बिहान १० देखि मात्र मनोनयन दर्ता शुरू भएको थियो भने अन्य गाउँपालिकाका भने बिहान ८ः१५ बजेबाट दर्ता शुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्