लोकदोहोरीमा मनै हरर



 

लोकदोहोरी गीतको क्षेत्रमा बामे सर्दै गरेका युवा गायक बेलुराम धितालले मनै हरर बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
लोकदोहोरीमा भर्खरै प्रवेश धिताललाई मोडल करिश्मा ढकालले अभिनयमा साथ दिएकी छन्। धितालको आफ्नै स्वरमा सजिएको मनै हररलाई लोकगायिका मुना थापाले साथ दिएकी छन् भने शब्द वीरेन्द्र ढकालले तयार पारेका हुन्।

यो लोकदोहोरीको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सागर गौतमको छायांकन र मिलन कार्कीको सम्पादन रहेको छ। प्रेममा वियोग परेपछि एकान्तको खोजी गरेको कथा म्युजिक भिडियोमा देखाइएको छ। भिडियोमा बुनिएको कथाअनुसार मन बहलाउनका लागि एकान्त खोज्ने क्रममा भञ्ज्याङको चौतारीमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्