प्रन्सल र बन्सिकालाई एसईईको उपाधि



 

तेस्रो संस्करणको मिस्टर एन्ड मिस एसईई अफ द इयर २०१७ मा झापा घर भई हाल चाबहिल बस्दै आएका तथा इस्ट होराइजनबाट एसईई दिएका प्रन्सल मगरले मिस्टर एसईई अफ द इयर २०१७ तथा सेन्ट मेरिजबाट एसईई दिएकी ललितपुर बालकुमारीकी बन्सिका गौतमले मिस एसईई अफ द इयर २०१७ को उपाधि चुमेका छन्। गत साल राजधानीका विभिन्न स्कुलबाट एसईई दिएका किशोर–किशोरीबीच रिवन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा प्रन्सल बेष्ट सिंगर तथा बन्सिका ब्युटी विथ पर्पस र बेस्ट सिंगर पनि भएकी छिन्।

प्रतियोगिताको किशोरतर्फ विवेक नगरकोटी भिवर्स च्वाइससहित फस्ट रनर्सअप र निमेष तामाङ बेस्ट डिसिप्लेनसहित सेकेन्ड रनर्सअप भए। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा रोजन चेमजोङ मस्ट पपुलर र मिस्टर क्याटवक, सन्देश सुवेदी फेसबुक च्वाइस, मस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसम, युनिष बर्देवा मस्ट ट्यालेन्ट, विशाल चौधरी बेस्ट पर्सनालिटी, आयुष घोरासैनी बेस्ट फिजिक, आर्यन प्रसाईं मस्ट फ्रेन्डली, सञ्जीव वाइबा तामाङ मस्ट चार्मिङ, रूपक श्रेष्ठ मस्ट एक्टिभ, रचितविक्रम भण्डारी युथ विथ रेस्पोन्सिबिलिटी, सम्राटप्रसाद शाह बेस्ट डान्स, अलिज श्रेष्ठ मस्ट डिर्जर्भिङ, अजित कार्की बेस्ट हेयर र अजय धिताल बेस्ट फिटनेस चुनिए।

हिसानका अध्यक्ष रमेश सिलवाल, नायक सुशील श्रेष्ठ, सञ्चारकर्मी तथा अभिनेता श्याम अर्याल, प्राध्यापक सुदन डोटेल, मिसेस नेपाल इन्टरनेसल २०१६ की फस्ट रनर्सअप बिन्दा खतिवडा, संगीतकार सरोज प्याकुरेल र सञ्चारकर्मी सूर्य चन्द निर्णायक रहेको प्रतियोगिताको किशोरीतर्फ सिन्डी वज्राचार्य मिस क्याटवक र मिस ब्युटीफुलसहित फस्ट रनर्सअप, एकता चन्द बेस्ट स्पिचसहित सेकेन्ड रनर्सअप तथा मन्दिरा भण्डारी बेस्ट पर्सनालिटीसहित थर्ड रनर्सअप भए।

कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा प्रकृति भण्डारी मस्ट पपुलर र मस्ट डिजर्भिङ, सोनु कपाली फेसबुक च्वाइस, हसिना श्रेष्ठ भिवर्स च्वाइस र सोसल्ली रेसपोन्सिबल, आस्था श्रेष्ठ मिस ट्यालेन्ट, अलिजा बास्तोला बेस्ट स्माइल, सुस्याना राई बेस्ट हेयर, सुप्रिया ढकाल बेस्ट स्किन, दिव्या विष्ट बेस्ट डिसिप्लेन, इशा सुनार फेसन आइकन र मस्ट फोटोजेनिक, भावना जोशी बेस्ट फिजिक, अस्मिताश्री रिजाल मस्ट फिटनेस, एरिका घिसिङ मस्ट फ्रेन्डली, दिपीका केसी मिस कन्जिनियालिटी, शरणा रायमाझी मस्ट चार्मिङ, डिनिटा सरु मगर मस्ट एक्टिभ, कृतिका श्रेष्ठ मस्ट पर्पmेक्ट, अनुषा ढुंगाना सोसल वेलफेयर एम्बेस्डर, लिजा थापा मस्ट पोजेटिभ एटिट्युड, अस्मिता ढुंगाना युथ विथ रेस्पोन्सिबिलिटी, सिरिश्मा महर्जन बेस्ट डान्स, दिपीका सुवेदी मस्ट क्रिएटिभ, सविया ठकुरी र सगुन भुजेल मेनेजमेन्ट च्वाइस तथा सिर्जना महत मस्ट आइकनिक
आइज चुनिए।

प्रतिक्रिया दिनुहोस्