अल्ट्रा धावक पण्डितको निधन



 

काठमाडौं, (नेस)
अल्ट्रा धावक सञ्जय पण्डितको अमेरिकामा रहेको हिमाल आरोण गर्ने क्रममा निधन भएको छ। अमेरिकाको अलास्कामा रहेको डेनाली हिमाल आरोहण गर्ने क्रममा उनको निधन भएको हो।

प्युठान घर भएका पण्डित उक्त हिमाल आरोहण गर्ने क्रममा अल्टिच्युटका कारण मृत्यु भएको बताइएको छ। विश्वको सबैभन्दा अग्लो सगरमाथा आरोहण गरेका पण्डितले विभिन्न देशका ६ हजारभन्दा माथिका ६ वटा हिमालको आरोहण गरिसकेका थिए।
गत शुक्रबार निधन भएका पण्डितको शव ल्याउन कठिन भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। अहिले उनको शव ६ हजार १ सय ९० मिटरमा नै रहेको जनाइएको छ। उद्धारकर्ताहरू त्यसतर्फ गएको भए पनि खराब मौसमका कारण उद्धार हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्