मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भवः डा महत



 

पाँचथर, ४ असार । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव भएकाले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

तुम्बेवा गाउँपालिकास्थित मौवामा आज भएको चुनावीसभामा उहाँले काँग्रेसकै सरकारका पालामा मात्रै मुलकको अर्थतन्त्रले फड्को मार्न सकेको दाबी गर्नुभयो ।

अब पनि काँग्रेसका उम्मेदवारले मात्रै नेपालको विकास र समृद्धि गर्ने भएकाले त्यसलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्