बाजुरामा कांग्रेस एमाले वीच झडप, ३० घाईते, एक जनाको मृत्यु



दयाराम पण्डित, बाजुरा
बाजुराकेको छेडेदह गाउँपालीका नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ता बीच झडप भएको छ । डोगडीको सांदे गाउँमा भएको झडपमा परी तीस जना घाईते भएका छन् ।

स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ ।

जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा स्थानीय ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो ।

मनोनयन गर्न जाँदा दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस गर्ने क्रममा झडप भएको बोगटीले बताउनुभयो । गम्भीर घाइते भएका रावतलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रावत एमाले कार्यकर्ता रहेको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार ः२८ जनाको समान्य चोट पटक लागेको मलम पट्टी लगाएर घर फर्किसकेका छन् भने साविकको आटिचौर ६ का धनेनाथको टाउको र पिठ्युमा चोट लागेकोले उपचार भईरकहेको डोगडी स्वास्थ्य चौकिका ईन्चार्ज दलवहादुर रावतले जानकारी दिनुभएको छ ।

गुदुखातीवाट डोगडी निर्वाचन कार्यालयामा उम्मेदवारी दर्ता गराउन गएका कांग्रेस कार्यकतालार्ई डोगडी बाट कांग्रसकै कार्यकर्ता साथ लिन गएका थिए, बाटो नजिकै टेन्ट टांसेर वसेका एमाले कार्यकर्ताले बाटो अवरोध गरेपछि झडप भएको वताएको छ ।

एमालेल भने आफ्नो दललार्ई उम्मेदवारी दर्ता गर्न नदिन कांग्रेसले सड्यन्त्र गरेको आरोप लगाएको छ । कांग्रसलार्ई बाटो छेकेपछि झडप भएको कांग्रेसको आरोप छ । अहिले स्थिती नियन्त्रणमा आईसकेको वताईएको छ ।

परिस्थिती सामान्य बन्दै गएपछि अहिले नेकपा एमालेलले उम्मेदवारी दर्ता गराईसकेको छ । शान्ति सुरक्षाको अवस्था मजबुत रहेको प्रमुख जिल्ला अधिकारी दिवेन्द्र लामीछानेले बताउनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्