स्तन तथा पाठेघर शिविर सम्पन्न



 

काठमाडौं, (नेस)
नेपाल अर्बुद्ध रोग निवारण संस्था काठमाडौं शाखा सामुदायिक प्रहरी केन्द्र तथा लायन्स क्लब अफ बागबजारको संयुक्त सहकार्य तथा भ्याली नर्सिङ होम प्रालि.को सहयोगमा एक दिने स्तन तथा पाठेघर शिविरको आयोजना गरियो।
उक्त शिविरबाट करिब २१० जना महिलाहरू लाभान्वित भएको जनाइएको छ।
शिविरको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले शिविरबाट महिलाहरूलाई क्यान्सरबाट बच्न धेरै सहयोग पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्