तीन प्रदेशमा भोलि मनोनयन



काठमाडौं, (नेस)
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवारको मनोनयन दर्ता भोलिका लागि सरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गत बिहीबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकारको आग्रहपछि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको निर्धारित यही असार २ गतेको उम्मेदवार मनोनयन दर्ता मिति असार ४ गते सार्न आयोगले सहमति जनाएको हो।

प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते हुँदै छ। प्रदेश नं २ मा भने सरकारले राजपाको आग्रहअनुसार स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्