एमाले भद्रपुरको घोषणापत्र सार्वजनिक



भद्रपुर, (नेस)
नेकपा एमाले भद्रपुर नगर निर्वाचन परिचालन कमिटीले ३१ बँुदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ। नगर निर्वाचन परिचालन कमिटीका संयोजक पुष्पराज पोखरेलले बिहीबार भद्रपुर पार्टी कार्यालयमा प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा सडक, ढल निकास, खानेपानी, सरसफाइ, स्वस्थ्य, सुरक्षा योजना, सञ्चार, कृषि, औद्योगिक कार्य, खेलकुद सामाजिक सुरक्षा, महिला सशक्तिकरण भन्सार व्यवस्थापनलगायत समिटिएको ३१ बुँदे प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार जीवनकुमार श्रेष्ठले आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै नगरको विकासका लागि विगतदेखि जनप्रिय काम गर्दै आएको दाबी गरे।

उनले कृषिमा विषादीमुक्त खेती, बजारीकरण, सडक सञ्जाल विस्तार, भ्रष्टाचारमुक्त प्रशासन, बृहत् र विकसित नगरको परिकल्पना साकार पार्न आफूसँग उपमेयर हुँदाको कार्यकालमा अनुभव रहेको जनाए।

कार्यक्रममा उपमेयरकी उम्मेदवार चन्द्रा श्रेष्ठ, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारको उपस्थिति रहेको घोषणापत्र सार्वजनिक कार्यक्रमको सञ्चालन घनश्याम अधिकारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्