यस्ता छन् एमालेका धनकुटे उम्मेदवार



सन्तोष रुचाल, धनकुटा
नेकपा एमाले धनकुटाले जिल्लाका सातवटै तहको उम्मेदवारको नाम टुंग्याएको छ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पत्रकार सम्मेलन गरी पार्टीको तर्फबाट सातवटै तहमा चयन गरेका उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गरेको हो।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ र उपप्रमुखमा शकुन्तला बस्नेत उम्मेदवार बनाएको छ।

यसै गरी वडा नं. १ को वडा अध्यक्षमा निरन तामाङ, २ मा चन्द्रलाल तामाङ, ३ मा मुकुन्द भण्डारी, ४ मा जमशेर आठपहरिया राई, ५ मा रामबहादुर श्रेष्ठ, ६ मा तुलसीप्रसाद ढुंगाना, ७ मा जंगबहादुर आठपहरिया राई, ८ मा अमृतबहादुर राई, ९ मा अनिश राई र १० मा कमल कार्कीलाई वडाअध्यक्षको उम्मेदवार चयन गरेको छ।

त्यस्तै पाख्रीबास नगरको मेयरमा बिर्खबहादुर राई र उपमेयरमा देवकला पौडेल तिम्सिनालाई उम्मेदवार चयन गरिएको छ। नगरको वडा नं. १ मा वडा अध्यक्ष उम्मेदवार हेमबहादुर राई, २ मा तोर्ण खपाङ्गी, ३ मा सुन्दरलाल तामाङ, ४ मा सोभित निरौला, ५ मा गोपालराज थापा, ६ मा दलबहादुर तामाङ, ७ मा फणीन्द्रबहादुर तामाङ, ८ मा सीताराम राई, ९ मा चन्द्रलाल तामाङ र १० मा हरिबहादुर खत्रीलाई चयन गरेको नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो।

त्यस्तै महालक्ष्मी नगरपालिकाको मेयरमा पर्शुराम नेपाल र उपमेयरमा मञ्जुकुमारी कार्की अधिकारीलाई उम्मेदवार बनाएको छ भने वडा नं. १ को वडा अध्यक्षमा टेकबहादुर गुरुङ, २ मा यत्नबहादुर गुरुङ, ३ मा चित्रमणि कार्की, ४ मा विनोद भण्डारी, ५ मा शिवकुमार तुम्बा, ६ मा डम्बरबहादुर कार्की, ७ मा रुद्रबहादुर तुम्बा, ८ मा रामबहादुर खड्का र ९ मा बोधनाथ काफ्लेलाई उम्मेदवार चयन गरिएको छ।

यता गाउँपालिकातर्फ चौबीसे गाउँपालिकाको प्रमुखमा खजिन्द्र राई र उपप्रमुखमा यज्ञकुमारी रुचाललाई उम्मेदवार बनाएको छ भने वडातर्फ वडा नं. १ मा श्रीकृष्ण श्रेष्ठ, २ मा आशबहादुर लिम्बु, ३ मा हेमचन्द्र तुम्सा, ४ मा कृष्णबहादुर घिमिरे, ५ मा पदमकुमार देवान, ६ मा काजीमान लिम्बु, ७ मा धनबहादुर लिम्बु र ८ मा धनबहादुर लिम्बु खजुमलाई वडाअध्यक्षको उम्मेदवार बनाएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख नैन विश्वकर्माले बताउनुभयो।

त्यस्तै साँगुरीगढी गाउँपालिकाको प्रमुखमा कुमारजंग याख्खा र उपप्रमुखमा बिन्द्रा राईलाई उम्मेदवार बनाएको छ भने वडा नं. १ को वडा अध्यक्षमा तिलकबहादुर लिम्बु, २ मा दलबहादुर इङनाम, ३ मा राजकुमार राई, ४ मा कुलप्रसाद लिम्बु, ५ मा कर्ण पुलामीमगर, ६ मा दलबहादुर मगर, ७ मा पूर्णप्रसाद राई, ८ मा विनय राई, ९ मा जितबहादुर राई र १० मा एकबहादुर राईलाई एमालेले उम्मदेवार बनाएको छ।

खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकातर्फ गाउँपालिका प्रमुखमा मनोज राई र उप्रमुखमा रत्नश्वरी राईलाई चयन गरिएको छ।

वडाअध्यक्षतर्फ १ मा भानुभक्त राई, २ मा रत्नबहादुर राई, ३ मा योगेन्द्र राई, ४ मा भूपेन्द्र राई, ५ मा मल्सुराम राई, ६ मा हेमकुमार राई र ७ मा बमबहादुर राईलाई उम्मेदवार बनाएको छ भने छथरजोरपाटी गाउँपालिकाको प्रमुखमा शेरबहादुर लिम्बु र उपप्रमुखमा भीमकला श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

गाउँपालिकाको वडा नं. १ मा पुखमान आलेमगर, २ मा इन्द्रसारु मगर, ३ मा ज्ञानबहादुर लिम्बु, ४ मा टेकबहादुर घिसिङ, ५ मा सुरेन्द्रकुमार सुब्बा र ६ मा दिलबहादुर थापालाई वडाअध्यक्षको उम्मेदवार बनाएको प्रचार विभागका प्रमुख विश्वकर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्