सामुदायिक बिद्यालयमा मन्टेश्वरी



नेपाल समाचारपत्र, पर्वत ।
बिद्यार्थीहरु घट्दै जान थालेका कारण ग्रामिण क्षेत्रका धेरै बिद्यालयहरु बन्द हुने अवस्थामा पनि पुगेका छन भने कतिपय बिद्यालयहरुले शिक्षक भन्दा बिद्यार्थी कम राखेर पनि पठन पाठन चलाउँदै आएका छन ।

तर गाउँमा भएका केही यस्ता सामुदायिक बिद्यालय पनि छन जहाँ शहरका महंगा बोडिङ्ग स्कुल छाडेर पढन बिद्यार्थी आउन थालेका छन । शहरमा राम्रो पढाईका लागि भने झरेका बिद्यार्थी फर्काउने बिद्यालय हो पर्वतको आर्थरडाडाँखर्क स्थित पञ्चकोशी माध्यामिक बिद्यालय । बिद्यालयले यस बर्ष देखि मन्टेश्वरी बिधीमा कक्षा सञ्चालन गर्न थालेपछि शहरबारका बिद्यार्थी समेत गाउँ फर्कन थालेका हुन ।

 

विकट गाउँको सामुदायिक विद्यालयमा जिल्लामै पहिलोपटक मन्टेश्वरी बिधीबाट नर्सरी, केजी र एक कक्षामा पढाई हुन्छ भने दुई कक्षामा पुर्ण रुपमा अंग्रेजी माध्यममाा पढाउन थालिएको छ । बिद्यालयमा महंगा मन्टेश्वरी स्कुलको जस्तै ल्याब, कक्षाकोठा ब्यबस्थापन र तालिम प्राप्त शिक्षक राखिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

गाउँलेका छोराछोरी प्राथमिक तहको शिक्षाका लागि मन्टेश्वरी र बोडिङ्ग खोज्न शहर झर्न नपरोस भनेर बिद्यालयमा निशुल्क रुपमा पढाउन थालिएको उनको भनाई छ । ‘अहिले पोखरा, कुस्मा जस्ता शहरमा बसेका गाउँलेहरु समेत घर फर्केर सामुदायिक बिद्यालयमा पढाउन थालृका छन’ उनले भने ‘आगामी बर्ष कक्षा थप नगरे सम्म बिद्यार्थीको चाप धान्न सक्ने अवस्था नै छैन’

अंग्रेजी माद्याममा पढाउन भन्दै गाउँबाट बसाई सर्ने क्रम बढेपछि गाउँमै गुणस्तरीय शिक्षा दिने उद्धेश्यले बिद्यालयको भूतपुर्ब बिद्यार्थी मञ्चले आर्थिक सहयोग संकलन गरेर मन्टेश्वरी विधिबाट कक्षा संचालन गर्न सहयोैग गरेको हो ।

आफुँ जन्मेको, हुर्के बढेको गाउँमै बसेर शहरबजारकै जस्तो शिक्षा दिने उदेश्यले मन्टेश्वरी स्कुल स्थापना गरिएको पञ्चकोशी भुतपुर्ब बिद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष नारायण पौडेलले बताए । झण्डै ३० लाख रुपैया भूतपुर्ब बिद्यार्थीले यसका लागि सहयोग सकलन गरेका छन । ‘फेसबुक र म्यासेन्जर मार्फत उक्त सहयोग जुटाईको हो’ उनले भने ‘अब ५० लाख जति सहयोेग जुटाएर शिक्षकका लागि तलबको ब्यबस्थापन गर्ने योजना बनाएका छौ’ हरेक भूतपुर्ब बिद्यार्थीले न्युनत १० हजार देखि अधिकतम १ लाख रुपैया सम्म सहयोग गरेका छन ।

 

उक्त मन्टेश्वरीमा प्ले ग्रुप, नर्सरी र एलकेजी गरि २ सम्म पढाउने तयारी गरिएको छ । बालमैत्री स्कुल नभएपछि हामीले मन्टश्वरी स्कुल खोलेका हौं’ भुतपुर्ब बिद्यार्थी मञ्चका सल्लाहाकार मनोज गुरुङल भने ‘अधिकांश अभिभावकको इच्छा अनुरुप मन्टेश्वरी स्कुल सुरु गरिएको हो ।’ यो अभियानका जन्मदाता गुरुङ्गका अनुसार खाडीमुलुक, भारत, हङ्गकङ्ग, मलेसिया, बेलायत देखि स्वदेशमा भएका बिद्यार्थीहरुले फेसबुक मार्फत सहयोग घोषणा गर्छन । यो अभियान थालेपछि सबै पुर्ब बिद्यार्थीहरु एक ठाउँमा भएर समुदायका लागि सोच्ने अवसर सृजना भएको भनाई उनको छ ।

 

जिल्ला शिक्षा कार्यालय पर्वतका बिद्यालय निरीक्षक हिमलाल लामिछानेले नेपालभर व्यापक रुपमा रहेको आधुनिक शिक्षण विधि मन्टेश्वरी विधिबाट अध्यापन गराउने भएकोले मन्टेश्वरीले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन गर्ने बताए । ‘पञ्चकोशी माबिले गरेको ब्यबस्थापन मुलुककै सामुदायिक बिद्यालयका लागि नौलो हो ।’

 

बिद्यालयलाई सुरु सुरुमा मन्टेश्वरी पद्धति कठिन भएतापनि यो विधि आम बालबालिकाहरुमा सहजै स्थापित गरेर मन्टेश्वरी स्कुले बालबालिकाहरुको व्यावहारमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको प्रअ अर्जुन पौडेलले बताए । यस मन्टेश्वरीलाई आगामी दिनमा अभिभावकहरुको चाहाना अनुरुप परिस्कृत गर्दै लैजाने उनको भनाई छ । अभिभावकहरु व्यस्त हुंँदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको छ ।

 

यसैबिच मन्टेश्वरी स्कुलको बिद्यालयका लागि आर्थिक सहयोग अभियान चलाउँदै आएका भूतपुर्ब बिद्यार्थी तथा कादुरी संस्था पोखराका प्राबिधीक नारायण गुरुङ्गले उद्घाटन गरेका छन । उनले भूतपुर्ब बिद्यार्थीले चलाएको नमुना अभियानकै कारण यो संभब भएको बताउँदै यसलाई अझै ब्यबस्थित बनाएर लैजान सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस्