निर्वाचन सामग्री जलाईयो



लक्ष्मी साह, महोत्तरी ।
पिपरा गाँउपालिकाका निर्वाचन अधिकृतलेखनाथ लुईटेलसंंग भएको निर्वाचन सम्बन्धी पुस्तिकाहरु खोसेर जलाईएको छ । राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन सम्बन्धी आचार संहिता,नियमावली,परिवेक्षण निर्देशिका लगायतका निर्वाचन पुस्तिका तथा सामग्रीहरु खोसेर जलाएका हुन ।

पिपराबाट जलेश्वर तर्फ मोटरसाईकल नं. ज९प ५९०५ मा आउदै गर्दा जलेश्वर स्थित प्रकौलीचोकमा उनको मोटरसाईकल रोकेर निर्वाचन सामग्री खोसिएको निर्वाचन अधिकृत लुईटेलले बताए । उनले सामग्री खोसेर आफु सवार मोटरसाईकल र चालकलाई फिर्ता पठाएको र आफुलाई पैदल नै जलेश्वर जानुस भनेपछि पैदल नै प्रकौली व्यारेकसम्म आएको र पछि प्रहरीले आफ्नो गाडीमा जलेश्वर पुर्याएको उनले बताए ।

 

यता राजपा अध्यक्ष मण्डलका सदस्य सुरेश पाण्डेयले निर्वाचन अधिकृतकै सामुने निर्वाचन सामग्री जलाएर उनलाई जलेश्वर पैदल पठाएको जनाए । उनले निर्वाचन विथोल्न आन्दोलन चलिरहेको वेला निर्वाचन सामग्री वोकेर हिड्ने जो कोहिलाई राजपा कार्यवाही गर्न वा दण्डित गर्न पछि नह्टने बताए ।

प्रतिक्रिया दिनुहोस्