मुलुकको बाटो ?



 

सरकारले दोस्रो चरणअन्तर्गत प्रदेश २ को निर्वाचन असोज २ गतेका लागि सारेर गलत काम गरेको भन्दै सर्वत्र आलोचना भएको छ।

हुन पनि राज्य संयन्त्र नै यसरी नझुक्नुपर्ने स्थानमा झुक्दै जान थाल्यो भने देश कसरी अघि बढ्ला? पहिलो चरणमा नै एकैपटक हुनुपर्ने निर्वाचन सारेर पहिलाको सरकारले गरेको गल्तीमा यो सरकारले महागल्ती गरेको भन्ने धरहरा वरपरका सबैको राय पाइएको छ।

यस्तो होस्ल्यांग्रे पारा सरकारले देखाउने हो भने असोज २ गतेसमेत सो क्षेत्रमा निर्वाचन हुन्छ भन्न सक्ने अवस्था छैन। यो अक्षम्य भूलका लागि कसले के के मूल्य चुकाउनुपर्ने हो, त्यो अहिले नै भन्न सकिँदैन। राजपा न अझै चुनावमा जान्छ भन्ने ग्यारेन्टी छ न त अब सरकारले गराउँछ भन्ने नै आशा छ।

त्यसैले, अब प्रम शेवदेलाई यसअघि तत्कालीन राजाले अक्षम भन्ने आरोप लगाएकामा अब जनताले ‘महा’ पनि थपिदिने खतरा बढेको छ। त्यो कसैकसैका लागि त्यति ठूलो कुरा नहोला तर मुलुक कहाँ पुग्ला भन्नेचाहिँ सर्वत्र चिन्ता उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्