समिरा चबी मोडल



 

नेपालमै पहिलोपटक भएको नेपाल्स चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको उपाधि समिरा श्रेष्ठले चुमेकी छिन्। बुधबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगीतामा मिनु तामाङ फस्ट र कृति बर्तौला सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा समिरा श्रेष्ठ बेस्ट वाक र मिस फोटोजेनिक, मिनु तामाङ मस्ट इन्स्पाइरी, सुनिता नेपाल बेस्ट एक्सप्रेसन, प्रेरणा श्रेष्ठ बेस्ट स्किन, रितु कपाली मिस ड्यासिङ, सिमा बमजन बेस्ट हेयर, मेनका जोशी बस्ट स्माइल, निकिशा दंगाल मस्ट फ्रेन्डली, कृति बर्तौला मिस बब्ली र मिस मल्टिमिडिया च्वाइस, सगुन गुरुङ मस्ट ट्यालेन्ट, सपना राई मस्ट पंचुअल र मिस कन्फिडेन्ट, क्यारिना शाक्य मस्ट स्टालिस, नाबिता गुरुङ बेस्ट डिसिप्लेन, सामन्ता गौतम मिस पपुलर र मस्ट ओबिडेन्ट, सिवानी खरेल मस्ट सिन्सियर र सबु महर्जन मस्ट चार्मिङ चुनिए।

प्रतियोगितामा कोरियोग्राफर आश्विनी झा, सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द, समाजसेवी कृष्ण देवकोटा, मोडल आश्मा गिरी र निर्माता सुमनकाजी विष्ट निर्णायक रहेका थिए। प्रतियोगिता कोरियोग्राफर आशिषकुमार मिश्र र अप्सरा थापाको कोरियोग्राफीमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्