एसईईको नतिजा आज



 

काठमाडौं, (नेस)
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण काम सकिएको जानकारी गराउँदै शुक्रबार परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी दिनुभयो। आज शुक्रबार बिहानै परीक्षाफल प्रकाशित हुने बताउनुभयो।

गएको चैत ३ देखि १४ सम्म सञ्चालन भएको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना विद्यार्थी सहभागी भएका थिए। साधारण धारको ११ र प्राविधिकको १४ गतेसम्म परीक्षा भएको थियो। परीक्षाको नतिजा ग्रेडअनुसार हुनेछ। पनिकाले एक वर्ष अघिदेखि ग्रेडमा परीक्षाफल प्रकाशित गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्