हामी कवि र कविताको ४७औं शृंखला सम्पन्न



 

काठमाडौं, (नेस)
पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ट सिर्जनाहरू साहित्यका विशिष्ट पाठकहरूमाझ श्रवण गराउने उद्देश्यले शुरू गरिएको ‘हामी’ कवि र कविता, को ४७औं शृंखला बिहीबार सम्पन्न भएको छ । सर्वनामका तर्फबाट अशेष मल्ल र साहित्यकला मन्दिरका तर्फबाट हरिहर शर्माले कविद्वय लक्ष्मी राई र केशव सिलवाललाई खादा र माला लगाइदिनुभएलगतै कार्यक्रमको शुरुआत भएको थियो। लुन करण दास–ग·ादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा निरन्तररूपमा प्रत्येक महिनाको १ गते आयोजना हुने ‘हामी’ कवि र कविता, अन्तर्गत २०७४ असार १ गते राई र सिलवालले आफ्नो कविता वाचन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्