बस दुर्घटनामा मृत्यु ११ जनाको शव आफन्तलाई वुझाइयो



कालीवहादुर मल्ल, कालिकोट । दैलेखको भेलतडीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ ।

 

कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठबिस नगरपालिका–४ नैनाल भेलतडी भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमाकालिकोट जिल्ला रास्कोट नगरपालि ५ का ३२ वर्षीय धर्मराज शाही, २५ वर्षीय प्रकाश शाही, रास्कोट नपा ६ का २१ वर्षीयाकविता शाही, ३५ वर्षीयामेनका फर्साल र ४० वर्षीययुवराज शाही रहेका छन् ।

त्यस्तै अछाम जिल्ला पञ्चदेवल नगरपालिका ९ का ३१ वर्षीय सिगे नेपाली र उनकी १० वर्षीया छोरी रुपा नेपालीको पनि मृत्यु भएको छ । यसैगरी कालिकोटको सान्नित्रिवेणी गाउपालिकाका २९ वर्षीय प्रकाश शाही र ३५ वषीया होइजाली सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ । अछाम भैरवस्थानका ४३ वर्षीय धिरेन्द्र विसी र बाजुराका ४० वर्षीय मंगल कसेराको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृत्यु भएको सवैको लास जिल्ला अस्पताल कालिकोटमा पोष्टपाडम गरी वीहिवार आफन्तलाइ वुझाइएको छ । घाइतेहरु १७ जनाको उपचार सुर्खेत मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्