घुस लिदै गरेको अवस्थामा कार्यालय प्रमुख पक्राउ



प्रकाश पन्त,वीरेन्द्रनगर ।
जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्य सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका छन ।

रकम नदिएसम्म जग्गा रोक्का र जग्गा पास नगरिदिने भन्दै सेवाग्राहीवाट ३० हजार रुपैया घुस लिदै गर्दा उनी प्रक्राउ परेका हुन ।

निमित्त कार्यालय प्रमुख समेत रहेका नायव सुव्वा आचार्य आफनै कार्यकक्षमा सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

रकम नदिएसम्म जग्गा रोक्का र पास नहुने भन्दै सेवाग्राहीलाई अल्झाएपछि अन्तत सेवाग्राहीले पनि आफनो काम गराउन रकम दिन मन्जुर गरेका थिए ।

रकम मागेर प्रमुख आचार्यले दुख दिएपछि सेवाग्राहीले अख्तियारलाई खवर गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका निमित्त प्रमुख जंगवहादुर डाँगीले सेवाग्राहीको सुचनाको आधारमा विहीवार आचार्यलाई रंगेहात पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्