डोटीमा इनभेष्टमेन्ट बैंकको शाखा विस्तार



विमल विष्ट,डोटी ।

एक्सेस टु फाईनान्स कार्यक्रमको सहयोगमा नेपाल ईन्भेष्टमेन्ट बैंकले सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा आफनो ४८ औ शाखा विस्तार गरेको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंकले सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा पहिलो पटक आफनो शाखा विस्तार गरेको छ ।

क्षेत्रीय प्रशासन कार्यालय दिपायलका प्रमुख तथा क्षेत्रीय प्रशासक शिषिरकुमार ढुंगानाले विहिबार एक कार्यक्रमका बिच उक्त शाखाको उद्घाटन गर्नु भएको हो ।

शाखा उद्घाटनका क्रममा क्षेत्रीय प्रशासक ढुंगानाले बैंक क्षेत्र बाट जतिसक्दो आर्थिक कारोवार गर्न तथा त्यस बाट लाभलिन सबैमा आग्रह गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा सुदूरपश्चिम पृतना पृतनापती दिपक प्रशाद भारती,डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का,स्थानियबासी,समाजसेबी, बैंक कर्मचारी तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।

सुदूरपश्चिका दार्चुला,बैतडी,डडेल्धुरा,बझांङ जिल्लामा उक्त बैंकको शाखा बिस्तार भई सकेको छ भने दिपायलमा ४८ औ शाखाका रुपमा बिहिबार उद्घाटन गरीएको हो ।

त्यस्तै अछाम जिल्लामा पनि ४९ औ शाखाका रुपमा बिहिबार नै उक्त बैंकले आफनो शाखा बिस्ता गरेको बताईएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले दिपायलमा आफनो शाखा बिस्तार गरेपछि यहाँका स्थानियबासी तथा बैंकिङ कारोबारीहरु निकै खुसि भएका छन् ।

दिपायलमा नेपाल ईन्भेष्टमेन्ट बैंक सहित अन्य ४ वटा बैंकहरुका शाखा हरु स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्