माओवादी केन्द्रका कार्यकर्ताद्धारा कांग्रेस—एमालेलाई चुनाव प्रचारमा अवरोध



धनवीर दाहाल,रुकुम ।
स्थानीय तह निबार्चनको प्रचारमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेता कार्यकर्ता माथी रुकुमको सिस्ने गाँउपालिका तथा भुमे गाँउपालिकामा माओबादी केन्द्रका कार्यकर्ताले अवरोध पुर्याएका छन् ।

पाँच नम्बर प्रदेश अन्र्तगत पुर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचार प्रसार कार्यक्रम नेकपा माओबादी केन्द्रका कार्यकर्ताहरुको अवरोधका कारण प्रभावित भएको नेपाली कांग्रेस र नेकपा एमालेले आरोप लगाएको छ ।

चुनाव प्रचारमा गएको बेला गाउँ गाउँमा क्याम्प बनाएर बसेका माओबादी केन्द्रका कार्यकर्ताहरुले ढुंगामुडा गरेर लखेटेपछि स्थिति दैनिक तनावग्रस्त बन्दै गएको नेपाली कांग्रेसका नेता कृष्ण रोकायले बताउनुभयो ।

असार १ गते सिस्ने गाउँपालिकाको नायगाड बजारमा पुग्ने वित्तिकै आफु सहित पुर्व राज्यमन्त्री गोपाल जीजंग शाहलाई त्यहा बाट माओबादीका कार्यकर्ताहरुले हातपात गरि लखेटेको उहाले बताउनु भयो ।

‘यहा हाम्रो आधार इलाका हो तपाइहरु प्रवेश गर्न पाउनुहुन्न भन्दै लखेटे’ रोकायले भने । प्रचार गर्न नदिएपछि सिस्ने गाउपालिकाको केन्द्र रुकुमकोटमा आएर बसेको पनि रोकायले जानकारी दिए । यस्तै नेकपा एमालेबाट सिस्ने गाँउपालिकाका उम्मेद्धार नन्दलाल शर्माको चुनावी प्रचार टोलीलाई समेत माओबादी केन्द्रका कार्यकर्ताहरुले प्रचारमा गाँउ पस्न रोक लगाएका छन ।

प्रचारमा साविकको प्वाङ गाबिसमा पुगेको बेला शहर बाट समेत आएका माओबादीका कार्यकर्ताहरुले जंगली शैलीमा आफुहरुलाई लखेटेको अध्यक्षका उम्मेदार नन्दलाल शर्माले बताए ।

हप्ता दिन जति भयो अरु पार्टीका कार्यकर्ता तथा नेतालाई माओबादी केन्द्रका कार्यकर्ताहरुले गाँउ पस्न दिएका छैनन यो उनीहरुको पुरानै द्धन्द्धकालको शैली हो शर्माले भने ।

शर्माका अनुसार सिस्ने गाउँपालिकाको कन्द्र रुकुमकोटमा मनोनयन दर्ता गराउन आउने वडा स्तरका उम्मेद्धारहरुलाई समेत माओबादीका कार्यकर्ताहरुले धम्की दिने,अपहरण गर्ने तथा बाटो अवरोध गरेर बसेको बताउनुभयो ।

नेपाली कांग्रेसले पनि भौगोलिक विकटताका कारण उम्मेद्धारी दर्ता गर्न रुकुमकोट आउन बाटो अप्ठेरो र फोन समेत नलाग्ने वडाहरु भएकाले माओबादीले उम्मेद्धारहरुलाई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा आउन बाटो छेकेर बसेको बताएको छ ।

उता जिल्लाको पुथाउत्तरगंगा र भुमे गाउँपालिकामा पनि माओबादीले एकलौटी तरिकाले राज गरिरहेको नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिए ।

माओबादीले पुरानै शैलीमा आफनो ब्यवहारहरु देखाएको छ अन्य पाटीहरुलाई गाउ पस्न दिएको छैन यो निर्वाचन आयोग हेर्नु पर्छ ओलीले ओलीको भनाइ छ ।

नेकपा माओबादी केन्द्रले भने एमाले कांग्रेस लगाएको आरोप झुटो रहेको बताएको छ । नेकपा माओबादी केन्द्रका युवा नेता सुबोध सेर्पालीले भने आफुहरुले स्थानियबासीहरुले कांग्रेस एमालेका नेताहरुलाई कुटन थालेकाले सुरक्षित तरिकाले पठाएको बताए ।

‘हामीले कसैलाई अवरोध गरेका छैनौ एमाले कांग्रेसले जनता सामु आएर झुटा र चर्को भाषण गरेका कारण गाउँमा झडप अवस्था आउन सक्ने भएकाले हामीले स्थिति सामान्यकरण बनाएका हौ’ सेर्पालीले भने ।

भौगलिक रुपमा विगट मानिने तीन गाउपालिकामा माओबादीका कारण दिनहु सामान्य झडपहरु भैरहेको एमाले कांग्रेसले बताएका छन् ।

सञ्चार सुविधा बाट विकट समेत मानिने मगर बाहुल्यता रहेका यी गाउँपालिकाहरुमा सरोकारवाला निकायहरुको समेत उपस्थिति न्युन भएकाले जसको प्रभाब छ उसैले एकलौटी आफना क्रियाकलापहरु गर्ने पुरानै सस्कार हो ।
यस्तै नेकपा एमालेका नेता देवी ओलीको नेतृत्वमा रहेको चुनावी प्रचार टोलीलाई पनि खारावाङ्गमा माओवादी कार्यकर्ताले अवरोध पुर्याएको एमालले जनाएको छ ।

एमाले र माओबादी कार्यकर्ता बिच झडपको संभावना बढेपछि प्रहरी पुगेको थियो । प्रहरीले भिड तितरबितर पारेपनि ठाँउ ठाँउमा अवरोध पुर्याइरहको बताइएको छ ।

प्वाङ्गमा भने प्रहरीका लाठी समेत माओबादी केन्द्रका कार्यकर्ता खोसिदिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्