स्वतन्त्र महिलाको प्यानल चुनावी मैदानमा



 

इनरुवा, १ असार । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।

इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने भएका छन् ।

स्वतन्त्रका उम्मेदवारसमेत चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त बनेको पाइएको छ । स्वतन्त्रका प्रमुख उम्मेदवार महेश्वरी न्यौपाने र उपप्रमुखको उम्मेदवार ज्योति सुब्बा तथा वडा नं १ का वडाध्यक्षका उम्मेदवारसहितका उम्मेदवार चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम जारी राखेका छन् ।

इनरुवा नगरलाई वातावरणमैत्री बनाउने र सबैको पहुँचमा विकास पु¥याउनेलगायतका लक्ष्य राखेर महिलाको नेतृत्वको प्यानल भोट माग्न व्यस्त बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्