कतार एयरवेजको काठमाडौं–आयरल्यान्ड उडान शुरू



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालीलाई युरोप यात्रामा सहजता ल्याउनको लागि कतार एयरवेजले काठमाडौं आयरल्यान्ड हवाई उडान शुरू गरेको छ। युरोपेली देशलाई जोड्न काठमाडौंबाट कतारको दोहा हँुदै आयरल्यान्डमा नयाँ ट्रान्जिट फ्लाइट शुरू गरेको हो।

हवाई यात्रा शुरू गरेको उपल्क्षमा राजधानीमा एक कार्यक्रमबीच कतार एयरवेजका कन्ट्री मेनेजर जयप्रकाश नैर र आयरल्यान्डका महावाणिज्यदूत मनोजकुमार श्रेष्ठले संयुक्त रूपमा केक काटेर खुसीयाली मनाँइयो। उडान शुरू भएसँगै नेपालबाट दोहा हुँदै आयरल्यान्डबाट युरोपका देशमा जान सजिलो भएको छ।

कार्यक्रममा बोल्दै महावाणिज्जदूत श्रेष्ठले कतार एयरवेजको नयाँ रुटले पढाइ र रोजगारीका लागि युरो तथा अन्य देश जाने यात्रुलाई थप सहयोग पुर्याउने बताउनुभयो। कतार एयरवेज हुँदै जाने अन्य देश जाने नेपाली यात्रुलाई हाल रहेको लगेज सिमा बढाउन र सहज यात्राको व्यवस्थापन गरिदिन एयरवेजलाई आग्रह गर्नुभयो।

एयरलाइन्सका नेपालस्थित कन्ट्री म्यानेजर जयप्रकाश नैरले एयरलाइन्सले काठमाडौंबाट आयरल्यान्ड उडान गर्ने जानकारी दिनुभयो। उहाँले अब आइरिस जनता र त्यहाँबाट युरोप जान सहज हुने बताउनुभयो ।

नैरले दूत श्रेष्ठको भनाइमा सहमति जनाउँदै विद्यार्थीको लगेज सिमा वृद्धि गर्न सकिन र सक्दो सहयोग गर्ने बताउनुभयो। नयाँ रुटले युरोपको लागि सहज तथा छिटो ट्रान्जिट शुरू भएको बताउनुभयो। उहाँले उडान शुरूआत भएसँगै दुई देशबीच सांस्कृतिक र सामाजिक सम्बन्ध विकास भएर जाने विश्वास व्यक्त गर्नुभयो। पर्यटन विस्तार र दुई देशबीच सुमधुर सम्बन्ध विकास हुँदै जाने छ र आर्थिक क्षेत्रको विकास हुने जनाइएको छ।

कतार एयरवेजले काठमाडौंबाट दोहामा २ घण्टाको ट्रान्जिट हुँदै आयरल्यान्डको राजधानी डब्लिन १३ घण्टामा पुग्ने बताइएको छ। कतार एयरवेजको इतिहासमा नै पहिलोपटक डुब्लिनबाट कमर्सियल पेसेन्जर फ्लाइट शुरू भएको हो।

जहाजमा स्टेट अफ आर्ट फेसिलिटी भएका कारण भीआईपी पाहुनाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।कतार एयरवेजले डुब्लिनका लागि बोइङको ७८७ ड्रिमलाइनरवाट उडान गरिरहेको छ। जसमा २२ वटा बिजनेस क्लास र २३२ वटा इकोनोमी क्लास सिट रहेका छन्। एयरवेजले हाल अफर ल्याएको जसअनुसार काठमाडौं आयरल्यान्ड इकोनमिक्लासको टिकट दर ९६ हजार र विजनेस क्लासको लागि २ लाख ३० हजार रुपियाँ निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्